काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताए ।
विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको ९दक्षिणपूर्वी एशिया० ७३ औँ बैठकलाई आज भर्चुअल सम्बोधन गर्दै उनले बढी जनघनत्व भएका प्रमुख शहरमा कोभिड–१९ को बढी प्रभाव परेको भन्दै त्यस्ता क्षेत्रमा पिसीआर परीक्षण, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर सुदृढ गरिएको बताए ।
मन्त्री ढकालले भूकम्प र तत्पश्चात थुप्रै स–साना स्वास्थ्य आपत्कालीन अवस्थाहरूको प्रतिकार्यका सिकाइ गर्दा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रहरूको स्थापना, आपत्कालीन औषधि विकास समूह ९इमर्जेन्सी मेडिकल डेभलपमेण्ट टिम०, हब अस्पताल सञ्जालको विस्तार कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि तयारी र प्रतिकार्यको क्षमता अभिवृद्धिमा मद्दत पुगेको बताए।
“कोभिड–१९ महामारी अन्य स्वास्थ्य आपतकालभन्दा नितान्त भिन्न भए पनि आधारभूत व्यवस्थाले हामीलाई स्थापित संयन्त्रलाई थप सवल बनाउँदै द्रुतगतिमा कार्यान्वयन गर्न मद्दत गरेको छ”, उनले भने, “यस महामारीका बेला स्वास्थ्य सेवाहरू केही हदसम्म प्रभावित भएको भए तापनि नेपालले अत्यावश्यक स्वास्थ्य सेवा र प्राथमिकता प्राप्त जनस्वास्थ्यका कार्यक्रमहरूको निरन्तरता सुनिश्चित गर्न धेरै पहल गरेको छ ।”
उनले नेपालले बन्दाबन्दीको शुरूआती चरणदेखि नै सबै स्वास्थ्य संस्थाहरुलाई निरन्तर खोली र सेवा दिने कुराको सुनिश्चितता गरेको बताए। मन्त्री ढकालले विश्व स्वास्थ्य सङ्गठनका कर्मचारीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै अत्यावश्यक सेवा र जनस्वास्थ्यका गतिविधिहरूको निरन्तरताका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले महामारीमा अत्यावश्यक सेवाको सुनिश्चितता चुनौतीपूर्ण हुन जाने भन्दै र यस चुनौतीको निवारणका लगि टेलिमेडिसिन, कल सेन्टरजस्ता वैकल्पिक सेवा प्रवाह गर्ने संयन्त्रहरू स्वास्थ्य प्रणालीको सुधारका अभिन्न अङ्ग बन्नुपर्ने बताए।
विभिन्न बाधा, व्यवधानका बाबजुद नेपालले दादुरा तथा रूवेला खोपको राष्ट्रिय अभियान र १९ जिल्लामा पोलियो भ्याक्सिन अभियान सफलतापूर्वक सञ्चालन गरेको स्पष्ट गर्दै मन्त्री ढकालले सो क्षेत्रीय समितिले खोपलगायत जेनेरिक औषधिको विश्वव्यापी आपूर्तिमा विशेष भूमिका खेल्ने भएकाले यस क्षेत्रका सदस्य राष्ट्रहरू र स्वास्थ्य समुदायले आआफ्ना कार्यलाई थप बढावा दिई कोभिड–१९ को नियन्त्रणका लागि चाँडै नै खोपलगायत अन्य प्रविधिगत समाधान पहिल्याउन सकोस् भन्ने कामनासमेत व्यक्त गरे।
उनले क्षेत्रीय एकतालाई निरन्तर कायम गर्दै यसलाई एक नयाँ उचाइमा पु¥याई विश्वलाई कोभिड–१९ महामारीविरूद्ध लड्न एक अनुकरणीय उदाहरण स्थापित गर्न सक्नुपर्ने बताए । “यो क्षेत्र आयुर्वेद र अन्य वैकल्पिक चिकित्साका क्षेत्रमा निकै नै धनी भएका कारण हामीले सम्भावित समाधान तथा क्षेत्रहरूको पहिचान गरी यस रोगका विरूद्ध सहकार्य गर्न जरूरी छ”, उनले भने, “यसका लागि उपयुक्त अनुसन्धान तथा अभिलेखीकरण गर्नु उपयुक्त हुनेछ र जहाँ यस क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्नेछ ।”
मन्त्री ढकालले सन् २०१९ मा नेपालले हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएको भन्दै अब क्षयरोग अन्त्य गर्ने अभियानमा रहेको धारणा व्यक्त गरे।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: