Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

अमेरिकाले एक हजार चिनियाँ विद्यार्थीको भिसा रद्द गर्याे

एजेन्सी । अनुसन्धानकर्ताहरूले अमेरिकाका लागि खतरा मानेका १,००० भन्दा बढी चिनियाँ विद्यार्थीहरूको भिसा अमेरिकी सरकारले खारेज गरिदिएको छ।

गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ नागरिकलाई लक्षित गरी गरेको एउटा घोषणाअनुरूप यो निर्णय आएको बताइएको छ।

उनले केही चिनियाँ नागरिकले अमेरिकामा डेटा र बौद्धिक सम्पत्ति चोरेको दाबी गरेका थिए।

अमेरिकी सरकारले यस विषयमा थप जानकारी दिएको छैन। चीनले पनि कुनै टिप्पणी गरिसकेको छैन।

सन् २०१८-१९ मा झन्डै ३,७०,००० चिनियाँ विद्यार्थीहरू अमेरिकी विश्वविद्यालयमा भर्ना भएका थिए।

एक अमेरिकी अधिकारीका अनुसार भिसा स्थगित गरिएकामध्ये ूठूलो खतरा मानिएका स्नातक गरेका विद्यार्थी र अनुसन्धाताहरूू छन्।

उनीहरू चिनियाँ विद्यार्थीहरूको एउटा सानो उपसमूह भएको ती अधिकारीको भनाइ छ।

\'हामी चिनियाँ कम्युनिस्ट पार्टीको सैन्य प्रभुत्वको लक्ष्यलाई समर्थन नगर्ने वैधानिक विद्यार्थी र विद्वान्‌हरूलाई चीनबाट आउन दिइरहनेछौँ,\' अमेरिकी विदेश मन्त्रालयकी एक प्रवक्ताले भनिन्।

गत मे २९ को घोषणामा चीनले अमेरिकाबाट संवेदनशील प्रविधि र बौद्धिक सम्पत्ति हात पार्न एउटा अभियान नै सञ्चालन गरेको आरोप लगाइएको थियो।

त्यसका लागि चिनियाँ विद्यार्थीहरू प्रयोग गरिएको अमेरिकाको दाबी छ।

अमेरिकामा अध्ययन गर्न गएका केही चिनियाँ विद्यार्थीहरूले विश्वविद्यालयमा आफूहरूलाई वैमनस्यको भाव र शङ्कापूर्ण दृष्टिले हेर्ने गरिएको बताएका छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending