तनहुँ। तनहुँको सदरमुकाम दमौली बजारमा ११ दिनपछि फोहोर सङ्लन पुन: सुरु भएको छ ।
फोहोर विसर्जन गर्ने स्थान अभावले गर्दा वैशाख ११ गतेदेखि सङ्कलन ठप्प पारेको व्यास नगरपालिकाले बुधबार देखि बजार क्षेत्रको फोहोर उठाउन थालेको हो ।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार अहिलेका लागि पहिलाकै स्थानमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिएको छ ।“तत्काल समस्या समाधानका लागि अस्थायी ठाउँ प्रयोग गरिएको हो, यो दिगो समाधान भने होइन,” उनले भने।
अस्थायी स्थान पनि चाँडै भरिन सक्ने भएकाले अर्को ठाउँको खोजी कार्यसमेत जारी रहेको उनले बताए। नगरपालिकाले हालसम्म आफ्नो स्थायी फोहोरमैला व्यवस्थापन केन्द्र (डम्पिङ साइट) निर्माण गर्न सकेको छैन ।
यसअघि वडा नं.१ गल्वुबेँसीस्थित अकला कमलडिहीमा व्यक्तिको जग्गा भाडामा लिएर अस्थायी रूपमा फोहोर विसर्जन गरिँदै आएको थियो ।उक्त स्थानमा खनिएका खाडलहरू फोहोरले भरिएपछि थप विसर्जन गर्न प्राविधिक समस्या उत्पन्न भएको नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार जग्गा प्राप्तिको प्रक्रियामा सामाजिक र कानुनी जटिलता देखिएका छन्।
“व्यक्तिले जग्गा बिक्री गर्न चाहे पनि स्थानीय समुदायले विरोध गर्ने गरेका कारण समस्या परेको छ,” उनले भने।
जग्गा प्राप्तिका लागि नगरपालिकाले एक साताको सार्वजनिक सूचना जारी गर्दा समेत कुनै आवेदन नपरेपछि विकल्पको खोजीमा थप कठिनाइ भएको उनले बताए ।
वैकल्पिक स्थानको पहिचान र व्यवस्थापनका लागि प्रयास जारी रहे पनि ठोस उपलब्धि नहुँदासम्म फोहोर व्यवस्थापन प्रभावित हुने उनको भनाइ छ ।
लम्सालका अनुसार दिगो फोहोरमैला व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिद गर्न नेपाल सरकारसँग अनुमति माग गरिएको भए पनि हालसम्म स्वीकृति प्राप्त हुन सकेको छैन ।
नगरपालिकाले दैनिक सरसफाइका लागि तीन टिपर, चार ट्र्याक्टर, एक जेसिभी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा गरी ११ सवारीसाधन परिचालन गर्दै आएको छ । तर विसर्जन स्थल नहुँदा ती सवारीसाधन थन्किनुपर्ने अवस्था आएको थियो ।
व्यास नगरपालिका स्थापना भएको ३४ वर्ष बितिसक्दा पनि स्थायी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसक्नु यहाँको मुख्य चुनौती बनेको छ ।
स्थापनाकालदेखि नै हरेक निर्वाचनमा यो मुद्दा उठ्ने गरे पनि हालसम्म ठोस समाधान निस्कन सकेको छैन । नगरपालिकाले भने उपयुक्त जग्गा प्राप्ति र सङ्घीय सरकारको सहमतिका लागि पहल जारी रहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: