Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

नेपाल र भारतका उच्च सुरक्षा अधिकारीबिच समन्वय बैठक सम्पन्न

खबरडबली संवाददाता

नेपालगन्ज। नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा, आवागमन व्यवस्थापन, रेल सञ्चालन तथा द्विपक्षीय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले रुपैडिहास्थित इन्टिग्रेटेड चेक पोस्ट (आइसिपी)मा दुबै देशका उच्च सुरक्षा अधिकारीबिच समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकमा भारतको सशस्त्र सीमा बल (एसएसबी) ४२ औँ वाहिनी, नेपालको सशस्त्र प्रहरी (एपिएफ) तथा भारतको पूर्वोत्तर रेलवेका वरिष्ठ अधिकारीको सहभागिता थियो ।

बैठकमा सीमा व्यवस्थापन, यात्रु आवागमनमा सहजता, रेल सेवा सञ्चालन तथा सुरक्षा संयन्त्रबिचको सहकार्यका विषयमा विस्तृत छलफल गरिएको सशस्त्र प्रहरी लुम्बिनी प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुँवरले जानकारी दिए।

एसएसबी ४२औँ वाहिनीका कमान्डेन्ट गिरीश चन्द्र पाण्डेयले बैठकको मुख्य उद्देश्य भारत र नेपालबिचको समन्वयलाई अझ सुदृढ बनाउँदै सीमा क्षेत्रमा सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको बताए।

सो बैठकमा एसएसबीका डिआइजी वी. विक्रमन र मुन्ना सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक कुँवर लगायत दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीको उपस्थित थियो ।

त्यसैगरी भारतीय रेलवेका सिनियर डिभिजनल अपरेसन म्यानेजर अनुजकुमार सिंह तथा यातायात विभागका अधिकारीको सहभागिता थियो ।बैठकपश्चात् सहभागी दुबै देशका अधिकारीले रुपैडिहास्थित नवनिर्मित नेपालगन्ज रोड रेलबे स्टेसनको स्थलगत निरीक्षण गर्दै त्यहाँको पूर्वाधार, सुरक्षा व्यवस्था तथा सञ्चालन तयारीबारे जानकारी लिए।

 निरीक्षणका क्रममा नेपाल-भारत रेल कनेक्टिभिटी, नेपालसम्म भारतीय रेलको पहुँच तथा विभिन्न पूर्वाधार परियोजनाबारे समेत विस्तृत जानकारी आदानप्रदान गरिएको थियो ।

भारतीय रेलवेका सिनियर डिभिजनल अपरेसन म्यानेजर सिंहले यही महिनाको अन्त्यसम्म नेपालगन्ज रोडबाट रेल सेवा सञ्चालन हुने अपेक्षा गरिएको जानकारी दिँदै सेवा सुरु भएपछि समय तालिका वा व्यवस्थापनमा देखिने समस्यालाई आवश्यकता अनुसार सुधार गरिने बताए ।

कार्यक्रममा एसएसबी ४२औँ वाहिनीका डिप्टी कमान्डेन्ट शशि भूषण, सहायक कमान्डेन्ट अमित कटियार, सुनील कुमार, शान्ति लगायत सुरक्षा अधिकारीहरू तथा नानपारा रेलवे पुलिस फोर्सका प्रभारी उपनिरीक्षक धनवन्त सिंहसहित अन्य कर्मचारीको उपस्थिति थियो ।

कार्यक्रमका क्रममा दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा, आपसी सहकार्य र ‘इको फ्रेन्डली’ पहललाई प्रवर्धन गर्दै द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको एसएसबी ४२औँ वाहिनीका कमान्डेन्ट गिरीश चन्द्र पाण्डेयले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending