महोत्तरी । भदौ अन्तिमतिर लगातार भएको वर्षा धानखेतीका लागि अमृत भएको छ । भदौ अन्तिम साताको प्रारम्भसँगै दिनदिनै जसो परेको पानीले धानबाली हरियो भएर फिरेपछि महोत्तरीका किसानले राहत महसुस गरेका छन् । भदौ लागिकन पानी नपाएको र नाइट्रोजन मल (युरिया) पनि हाल्न नपाएर कक्रिएको धानको गाँज भदौ निगल्दोको पछिल्लो वर्षाले फिरेपछि किसानलाई राहत मिलेको हो ।
भदौ अन्तिम साताको प्रारम्भसँगै महोत्तरीका सबैजसो भेगमा लगातार परिरहेको पानीले पहेँलिनै लागेका धानका बोट फिरेका छन् । दिनहुँजसो केहीबेर धानका जरा मजाले सिञ्चित गर्ने गरी मन्दमन्द भइरहेको वर्षाले बोट हरियो भएर हलक्क बढेको किसान बताउँछन् । महोत्तरीमा भदौ २२ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएको छ ।
“हामी आकास ताक्नेका लागि त पछिल्लो वर्षा अमृत नै भएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान मोहनखाँ थारुले भने, “धानको रोपो सरेपछि गाँजिने बेलामा युरिया मल हाल्न पाएनौँ, भदौ तीन सातासम्म खासै पानी पनि परेन तर अहिले भदौ निगल्दो दिनहुँजसो केहीबेर परिरहेको पानीले धान फिरेको छ ।” भदौ निगल्दोको अहिलेको वर्षामा हुने अम्लीयपनले धानका लागि मलको समेत काम गरेको खाँको भनाइ छ ।
जिल्लाभरिकै कुल खेतीयोग्य जग्गामध्ये ८० प्रतिशतभन्दा बढी आकासे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ । जिल्लामा करिब ७० हजार हेक्टर जग्गामध्ये १० प्रतिशतमा स्थायी सिँचाइको कुलो नहर लाग्ने र करिब त्यत्तिमै वैकल्पिक सिँचाइको प्रबन्ध (इनार पम्पसेट, बोरिङ) जेनतेन पुगेको छ । जिल्लाका ८० प्रतिशत जग्गा अझै आकासे पानीको भरमा रहेको कृषि ज्ञान केन्द्र मलङ्गवा, सर्लाही ९कार्यक्षेत्र–महोत्तरी, सर्लाही० ले नै जनाएको छ ।
आकासे पानीको भरमा खेती गर्नुपर्ने किसानलाई ठिक समयको वर्षा हुँदा सबै कुरा भेटाएजस्तो लाग्छ । “हुन त के छ र हाम्रा लागि ? न बजारमा मल, न समयमा बीउबिजन, न सुलभ ऋण”, बर्दिवास नगरपालिका–९ का किसान सुरजसिंह कुशवाहा दिक्दारिँदै भन्छन्, “सबै कुरा प्रकृतिकै शरणमा रहेका हामीलाई अहिलेको वर्षाले राहत दिएको हो ।” अब चाहिँ रोगको चपेटामा परिएन भने केही धान भित्र्याउने आस जागेको कुशवाहाको भनाइ छ ।
यसपालि असार निगल्दोदेखि साउन मध्यसम्म राम्ररी पानी परेपछि धान रोप्न सहज भएको किसान सम्झन्छन् । त्यसयता धानको रोपो सरेपछि र त्यसपछि गाँजिने बेलामा युरिया मल हाल्न नपाउँदा विरक्तिएका किसानलाई समय–समयको वर्षाले नै त्राण दिएको छ ।
जिल्लामा यसपालि करिब ४० हजार हेक्टरमा धानखेती गरिएको कृषिसम्बद्ध कार्यालयहरुको आँकडा छ । पछिल्लो पटक अहिले भदौ निगल्दोको वर्षाले सिँचाइसँगै धानका लागि थप पोषणको काम गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाका कृषिविज्ञ पनि स्वीकार गर्छन् । “अहिलेको वर्षा धान खेतीका लागि अमृत सरह नै भएको छ”, केन्द्रका निमित्त प्रमुख देवानन्द रायले बताए ।
जिल्लाको मुख्यबाली मानिने धानका लागि अहिलेको वर्षा अमृत सरह भए पनि अन्य नगदेबालीका लागि भने समस्या बनेको छ । तरकारी खेतीको गोडमेल लगातारको वर्षाले गर्न नपाइँदा झारपातले छोपेको किसान बताउँछन् ।
यसबाहेक जिल्लाका भित्री ग्रामीण सडकमात्र नभएर मुख्य सडकहरु नै पछिल्लो वर्षाले हिलाम्य भएका छन् । हिउँदमा सडक मर्मतसम्भार र ढल निकासका काम नगरिँदा बर्सेनि हिलोमा जोतिएर हिँड्नु नियति नै बनेको जिल्लावासी बताउँछन् । अरु जति सकस बढे पनि मुख्यबाली धान अब केही भित्र्याउन सकिन्छ भन्ने विश्वासले राहत पाइएको यहाँका आम किसानको भनाइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: