डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिका–७ का ५९४ घर परिवार खानेपानी योजना निर्माण हुनथालेपछि खुशी भएका छन् । वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आइरहेका यहाँका स्थानीयबासिन्दा घरघरमा खानेपानीका धारा निर्माण हुन थालेपछि हर्षित भएका हुन् ।
सङ्घीय सरकारको रु २३ लाख ८१ हजार, स्थानीय सरकारको रु ५४ लाख ११ हजार, गैर सरकारी संस्था ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको रु दुई करोड ४५ लाख र स्थानीय उपभोक्ताको रु ६७ लाख ६४ हजार जन श्रमदानमा खानेपानी योजना निर्माण भइरहेको खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष टेकबहादुर भण्डारीले बताए । उनले भने, “विगतमा एउटा टोलमा एउटा खानेपानी धारा थियो, अहिले हरेक घरधुरीमा खानेपानी धारा निर्माण गर्नेगरी योजना शुरु गरिएको छ ।”
खानेपानी योजना निर्माण भएपछि अमरगढी–७ का स्थानीयबासिन्दा वर्षौँदेखिको खानेपानीको समस्याबाट मुक्त हुने स्थानीय गणेश पाण्डेले बताए । उनले भने, “यहाँका स्थानीयवासीलाई एक गाग्री पानी भर्नका लागि दिनभर पालो कुर्नुपर्ने बाध्यता थियो, अहिले खानेपानी निर्माण हुन थालेपछि सबै खुशी भएका छन ।”
योजना निर्माण शुरु भएपछि स्थानीयवासी बिहानदेखि बेलुकीसम्म काममा जुटेका छन् । योजना निर्माण गर्न जनश्रमदान गर्नुपर्ने भएपछि हरेक घरधुरीबाट एक जना काममा जुटेका हुन् । खानेपानी योजनाको शाखा लाइन खोदानमा जनश्रमदानको काम भइरहेको अमरगढी–७ का वडाध्यक्ष खडकबहादुर बोहराले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: