Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण

खबरडबली संवाददाता

काठमाडौं  । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचालन गरेको जनाएको छ । 

विज्ञहरुले रोगलाई पूर्ण नियन्त्रणमा राख्नलाई कृषक, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसारमा संम्लग्नलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।  मोरङको सुन्दरहरैचा नगरपालिका ४ र उर्लाबारी नगरपालिका ८ मा पालिका कुखुरामा बर्ड फ्लूको सङ्क्रमण देखिएको पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले उल्लेख गरे । 

बर्ड फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिएपछि चैत ४ गते सङ्कलन  गरिएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा मलिकुलर विधीबाट परीक्षण गरिएकोमा पुष्टि भएकोे उनले बताए । 

बर्ड फ्लूको सङ्क्रमण देखिएको सो क्षेत्रमा बर्ड फ्लू नियन्यण नियमावली २०७८ बमोजिम नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट चार किल्ला प्रमाणित गरेर नियन्त्रणको लागि प्रयास सुरु भएको महानिर्देशक दाहालकाोे भनाइ छ  । 

उनले सो क्षेत्रलाई बर्ड फ्लूको सङ्क्रमणको क्षेत्र घोषणा गरेर सोही अनुसार रोग नियन्त्रणको प्रयास सुरु गरेको बताए । सो क्षेत्रमा पालिएका घरपालुवा पंछी, पछींजन्य पदार्थको नष्ट गरेर सङ्क्रमणको काम भैरहेको उल्लेख गरे । 

विभागले रोग पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलन नदिन तत्काल नियन्त्रणमा राख्न संघीय, प्रदेश र स्थानीय तहका निकायहरु सक्रिय भएर लागेको विभागले जनाएको छ । 

बर्ड फ्लूको संक्रमणलाई नियन्त्रणमा राख्न आफ्नो फार्म अनावश्यक व्यक्ति र सवारीसाधन आउन नदिन, फार्ममा प्रवेश गराउनै परेमा सङ्क्रमण गरेर मात्र प्रवेश गराउन विभागले अनुरोध गरेको छ । 

एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान, प्रयोग भएको अण्डाको क्रेट नष्ट गर्न, फार्मको ढोकामा अनिवार्य चुना वा सङ्क्रमण गरेको चप्पल मात्र प्रयोग गर्न अनुरोध गरेको छ । खोरमा जाँदा छुट्टै बुट र एप्रोन लगाउन विभागले अनुरोध गरेको छ । 

पछिल्लो समय यो रोगका कारणले कुखुरा मर्न थालेको र सङ्क्रमण पनि बढेकाले सचेत हुन आवश्यक रहेको विभागले जनाएको छ । विभागले कुखुराको फर्ममा अनावश्यक सवारी र आगन्तुक लिएर नजान, कुखुरा वा दाना बोक्ने गाडीलाई फर्म परिसरमा प्रवेश नगराउन र प्रवेश गराउनै परेमा सङ्क्रमण गरेर मात्र भित्र पसाउन अनुरोध गरेको छ । 

खोरमा जाँदा फरक फरक बुट र एप्रोनको प्रयोग गर्न, फार्ममा कुकुर, बिरालो र मुसो छिर्न नदिने व्यवस्थापन गर्न , मरेको कुखुरालाई तत्कालै गहिरो खाडलमा पुर्न, रोग सर्न सक्ने भएकाले एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा सकेसम्म नजान विभागले अनुरोध गरेको छ । 

एक पटक प्रयोग भएको कागजको अण्डाको क्रेट प्रयोग नगर्न, लो फ्याथोजेनिक एभियन ईन्फ्लुन्जाको विरुद्ध गुणस्तरीय खोप लगाउन र किसानले अनिवार्य बिमा गर्न अनुरोध गरेको छ । विभागले एकै पटक धेरै संख्यामा कुखुरा बिरामी परेमा वा मरेमा तत्कालै नजिकैका पशु सेवाका निकायमा खबर गर्न अनुरोध गरेको छ ।a

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण

काठमाडौं  । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...

ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते

हुम्ला  । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...

प्रदेशसभामा बोल्न नदिएको भन्दै पूर्वमुख्यमन्त्री शर्माको असन्तुष्टि

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १ सय भन्दा बढी व्यक्ति पक्राउ

काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य, कतिमा हुन्छ बिक्री ?

चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...

ग्यास आपूर्ति कडाइको असर : भारतबाट नेपाली मजदुर स्वदेश फर्किन थाले

सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...

निर्वाचन सम्पन्न भएकोमा चीनको बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सहकार्यको प्रतिबद्धता

काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...

बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: