सप्तरी । सप्तरी र सिरहामा साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये ६ जना पक्राउ परे, पाँच फरार छन् ।
आजको नागरिक दैनिकमा खबर छ - सप्तरीमा बलात्कारका घटनाका नौ प्रतिवादीमध्ये चारजना पक्राउ परेका छन् भने पाँच जना फरार छन् । धनुषामा बलात्कारका १० घटनाका १५ प्रतिवादीमध्ये १४ पक्राउ परेका छन् भने एक जना फरार छन् । महोत्तरीमा भएका १२ बलात्कार घटनाका १४ प्रतिवादीमध्ये ६ जना पक्राउ परेका छन् भने आठजना फरार छन् ।
सर्लाहीमा बलात्कारका आठ घटनाका १० प्रतिवादीमध्ये सातजना पक्राउ परेका छन् भने तीन जना फरार छन् । रौतहटमा आठवटा बलात्कार घटनाका १० प्रतिवादीमध्ये पाँच जना पक्राउ परेका छन् भने पाँचजना फरार छन् ।
बारामा ६ वटा बलात्कार घटनाका ६ प्रतिवादीमध्ये दुई जना पक्राउ परेका छन् भने चार फरार छन् । पर्सामा सातवटा बलात्कार घटनाका सात प्रतिवादीमध्ये पाँच जना पक्राउ परेका छन् भने दुई फरार छन् ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्ष २०७७–७८ मा यस प्रदेशमा साउनमा ३९ र भदौमा ३१ वटा बलात्कार घटना दर्ता भएको छ । ‘बेटी पढाओ, बेटी बचाओ’ नारा बोकेको यस प्रदेशमा बलात्कारको त्रिवर्षीय तथ्यांकले बेटी (छोरी) कतिसम्म असुरक्षित छन् भने दर्शाउँछ ।
तथ्यांकअनुसार विगत वर्षहरूको तुलनामा यस वर्ष बलात्कार घटना ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७४–७५ मा १ सय ७० वटा बलात्कार घटना दर्ता भएकोमा २०७५–७६ मा २ सय ९६ घटना दर्ता भए । आर्थिक वर्ष २०७६–७७ मा २ सय ९२ वटा बलात्कार घटना भएकोमा चालु आर्थिक वर्षको दुई महिनामै ७० वटा घटना दर्ता भइसकेका छन् ।
दोषीले विभिन्न बहानामा उन्मुक्ति पाउँदा सर्वत्र बलात्कार घटना बढिरहेका छन् । अधिकांश घटना बेइज्जत हुने डरले सार्वजनिक नै हुँदैनन् । भएकालाई पनि परिवार र गाउँका पञ्चभलाद्मीले मिलापत्रका नाउँमा टुंग्याइदिन्छन् । केही प्रहरीमा पुग्छन् ।
प्रहरीले दर्ता लिएका घटनाका पनि थोरै प्रतिवादी मात्र पक्राउ पर्छन् । पक्रिएका पनि प्रमाण अपुग भन्दै चाँडै छाडिन्छन्, महिला अधिकारकर्मी श्यामकुमारी साहले भनिन् । पीडितलाई न्यायको सट्टा आहत बनाउने यस्तै सामाजिक र कानुनी रवैयाले दिनहुँ बलात्कार घटना बढिरहेको उनको भनाइ छ ।
सिरहाका एसपी उमाशंकर पन्जियारका अनुसार बलात्कार घटनाको जानकारी ढिलो आउने भएकाले केही केसमा तत्काल अभियुक्त पक्राउ गर्न नसकिएको हुन सक्छ ।’
प्रहरीमा खबर आइपुग्दासम्म अभियुक्त भागिसकेका हुन्छन्,’ उनले भने, ‘तत्काल जानकारी आएको घटनाका प्रदिवादी पक्राउ गर्न प्रहरी सफल भएका छन् ।’ ‘तराई–मधेसको समाजमा महिला सुरक्षाको सवाल चुनौतीपूर्ण बन्दैछ,’ प्राध्यापक चक्रपाणि दाहालले भने, ‘महिला सुरक्षामा यौनिकता गम्भीर समस्या बनेको छ ।’
विकृत मानसिकताका कारण उमेर हदलाई पनि पार गरेर बलात्कारमा उद्यत हुनु डरलाग्दो अवस्था देखा परेको बताउँछन् ।’ पीडकले राजनीतिक र प्रशासनिक संरक्षण पाइरहँदासम्म पीडितका लागि निसाफ सहज नहुने उनको बुझाइ छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: