पाँचथर । यहाँ निर्बाध रुपमा चलिरहेका ठूलो सङ्ख्यामा मानिस भेला हुने सभा तथा समारोहले कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको छ । बन्दाबन्दी ‘लकडाउन’ खुल्नुका साथै व्यापार, व्यवसाय, होटल–रेष्टुराँ, लामो दूरीका सवारी साधन सञ्चालनमा आए पनि सरकारले सबै प्रकारका सभा, समारोह, भेलामा रोक लगाइरहेकै छ ।
यससम्बन्धी सूचना जिल्ला स्तरमा जिल्लास्थित प्रशासन तथा स्थानीय तहहरुले नियमित रुपमा जारी गरिरहेकै छन् । ठूलो सङ्ख्यामा मानिस भेला हुने कार्यक्रमबाट कोरोना सङ्क्रमण फैलन खतरा अत्यधिक हुने जनाउँदै सरकारले सभा, समारोह, भेलामा रोक लगाएको हो । यस्ता अत्यावाश्यक काममा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न सरकारी निकायहरुले सुझाइरहेका छन् । तर पाँचथरमा सभा, समारोह, भेलालगायत कार्यक्रम रोकिएका छैनन् भने यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बनसमेत हुन सकेको छैन ।
यहाँ राजनीतिक दलका गतिविधिहरु नियमित जस्तै सञ्चालित छन् । पार्टी प्रवेशदेखि भेला बैठकहरु चलिरहेकै छन् । जिल्लाका नेताहरु पार्टीका गतिविधिमा गाउँ–गाउँ पुगिरहेका छन् । दलका नेता कार्यकर्ताहरु कोरोना सङ्क्रमणको महामारीको पर्वाह नगरी चुनाव नजिकिए जसरी राजनीतिक गतिविधिमा व्यस्त छन् । बधाई, शुभकामना र श्रद्धाञ्जलि व्यक्त गर्ने मुख्य उद्देश्य रहने विभिन्न कार्यक्रममा समेत आवश्यक पर्नेभन्दा बढी भीड जम्मा भइरहँदा सचेतना र सतर्कता अपनाइएको पाइँदैन ।
राजनीतिकभन्दा गैरराजनीतिक क्षेत्रका गतिविधिहरु झनै बाक्लो गरी भइरहेका छन् । व्यावसायिक, सांस्कृतिक, सार्वजनिक कार्यक्रम चलिरहेका छन् । यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउने सवाललाई आयोजक र सहभागीहरुले प्राथमिकतामा राखेका छैनन् । लकडाउन खुलेयता ‘कोरोना सङ्क्रमणको महामारी रोक्ने दायित्व स्थानीय प्रशासन र सरकारको मात्रै हो’ भन्ने सन्देश दिने गतिविधिहरु विभिन्न क्षेत्रबाट भइरहेका छन् । कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्तरमा आयोजना गरिने बैठक तथा समीक्षामा सतर्कता अपनाउने÷अपनाउन लगाउनुपर्छ भन्ने आवाज सशक्त रुपले राख्ने व्यक्तिहरु नै यदाकता स्वास्थ्य सुरक्षाका मापदण्डहरु ख्याल नगरी विभिन्न कार्यक्रम आयोजना गर्ने तथा सहभागी हुने गरेका देखिन्छन् । ठूलो सङ्ख्यामा हुने भेला तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नभए पनि सुरक्षा निकायले यस्ता गतिविधि रोक्न सकेको छैन् ।
यही असोज १ गतेदेखि सवारी साधन सञ्चालनमा आएपछि लामो समयदेखि गाउँ–घर फर्कन नपाएकाहरु काठमाडौँ तथा तराईका जिल्लाहरुबाट जिल्ला फर्कंदैछन् । विशेषत तराईका जिल्लासँगको दैनिक सम्पर्कले यहाँ सङ्क्रमणको जोखिम बढिरहेको छ । जिल्ला भित्रै २० जनाभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ । तर जोखिमको तुलनामा सावधानी र स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बनको अवस्था अत्यन्तै कमजोर हुँदा एकै पटक धेरै व्यक्तिमा सङ्क्रमण फैलन खतरा बढेको यहाँका स्थानीयवासीको गुनासो छ । स्थानीय प्रशासनले ‘प्रत्येक व्यक्ति सचेत भए मात्रै महामारी नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने’ भन्दै थप सचेतना अपनाउन सार्वजनिक सूचनामार्फत आग्रह गरिरहेको छ । नागरिक स्तरमा पाँचथर उद्योग वाणिज्य सङ्घले उपभोक्ताहरुलाई भौतिक दूरी पालना तथा मास्कको प्रयोग अनिवार्य गर्न सदरमुकाम केन्द्रित सचेतनामूलक गतिविधि गर्दै आएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: