Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

किसानलाई जडीबुटी खेतीमा प्रोत्साहन गर्न निः शुल्क बिरुवा

इलाम । किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका विरुवा निः शुल्क वितरण गर्ने भएको छ । पछिल्लो समय औषधिजन्य वनस्पतिको खपत बढी रहेका बेला केन्द्रले विरुवा वितरण गर्न लागेको हो ।

केन्द्रले ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको विरुवा वितरण गर्ने जनाएको छ । केन्द्रका नर्सरीमा अहिले एक लाख पाँच हजार विरुवा रहेका छन् । ती मध्येबाट एक लाख विरुवा किसानलाई वितरण गर्ने केन्द्रले जनाएको छ । “हामीले कम्तिमा पनि एक लाख विरुवा वितरण गर्छौ”केन्द्रका वैज्ञानिक अधिकृत जीवन पाण्डेले जनाए, “हामीले वीउ दल चाहिँ करीव एक लाख पाँच हजार विरुवा गरेका छौं । कीरा लागेमा वा रोग परेर पाँच हजार जति विरुवा मरेपनि एक लाख विरुवा चाहिँ बाड्ने लक्ष्यमा छौं ।” केन्द्रले यही असोज मसान्तसम्ममा कृषकलाई कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । किसानका लागि वितरण गर्न केन्द्रसँग लौठ सल्ला ३० हजार, सिल टिमुर ३० हजार, तेजपत्ता १० हजार, वोक टिमुर ५ हजार र किवी पाँच हजार विरुवा रहेका छन् ।

केन्द्रको सन्दकपुर गाउँपालिकास्थित माइपोखरी वनस्पति उद्यानबाट विरुवा वितरण गरिने छ । “हामीले किसान आह्वान गर्छौ । किसानको खेतबारीको स्थलगत सर्वेक्षण गरेपछि विरुवा दिन्छौ”, उनले भने, “ सर्वेक्षण गर्दा उपयुक्त हावापानी भएको वारीमा विरुवा वितरण गर्छौ ।” किसानलाई औषधिजन्य वनस्पतिको खेतीको जानकारी र प्रोत्साहनका लागि केन्द्रले विरुवा वितरण थालेको हो । यस बर्षको गत भदौ सम्ममा मात्रै ४२ हजार विरुवा केन्द्रले स्थानीय तहमार्फत वितरण गरेको छ । “बर्षेनी विरुवा वितरण बढिरहेको छ ।”अधिकृत पाण्डेले बताए, “अहिले आह्रवान गरेको सूचना आउँदो बर्ष वितरण गर्नका लागि हो”, पाण्डेले भने, “हामीले किसानलाई विरुवा दिँदा धेरै प्रक्रिया पूरा गर्नुपर्छ । त्यही भएर एक बर्षअघि नै सूचना निकालेका हौं ।” केन्द्रका अनुसार जिल्लाका उच्च पहाडी क्षेत्रमा वहुमूल्य वनस्पति लगाउन अझै किसानमा सचेतनाका कार्यक्रम नभएकाले प्रोत्साहन स्वरुप कार्यक्रम ल्याइएको हो । यस्ता वनस्पतिको बजार राम्रो भएपनि जिल्लामा कम मात्र खेती गरिँदै छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: