बाग्लुङ। बाग्लुङ समाज पोर्चुगलले ढोरपाटन र जैमिनी नगरपालिकाका बाढीपहिरो पीडितलाई रु नौ लाख चालीस हजार आर्थिक सहयोग गरेको छ ।
पोर्चुगलमा रहेका नेपाली समुदायबाट सङ्कलन भएको रु आठ लाख ढोरपाटन नगरपालिकाका बाढीपहिरोमा परेर ज्यान गुमाउने २३ परिवार र घर क्षति भएका ७३ परिवारलाई रु आठ हजारका दरले आर्थिक सहयोग गरेको समाजले जनाएको छ ।
यसैगरी समाजले जैमिनी नगरपालिकाका ज्यान गुमाउने तीन परिवारलाई रु १५ हजारका दरले तथा पूर्ण रुपमा घर क्षति भएका सात परिवारलाई रु नौ हजारका दरले आर्थिक सहयोग गरेको छ । त्यस्तै तमान र निसिखोला गाउँपालिकाका बाढीपहिरो पीडित पाँच घरपरिवारलाई रु ४० हजार आर्थिक सहयोग गरेको समाजका अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिए ।
“कोभिड–१९ ले आक्रान्त बनाएको अवस्थामा आफैं जन्मेको, हुर्केको ठाँउमा प्राकृति प्रकोपले झनै पीडा थपेको समयमा पीडितको दुखेको घाउमा मलम लगाउने हेतुले प्रवासी नेपालीहरुको माझमा अभियान सञ्चालन गरि आर्थिक सहयोग गर्न सफल भएका छौ”, उनले भने ।
स्थानीय प्रतिनिधि एवम् तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा एम्पायर घमबहादुर थापाको सहजीकरणमा उक्त रकम पीडितहरुलाई हस्तान्तरण गरिसकेको संस्थाका सल्लाहकार सूर्य हमालले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: