चितवन । चितवन राष्ट्रिय निकुञ्जले गोहीसँगै कछुवा पनि हुर्काउँदै आएको छ । गोही प्रजनन केन्द्रमा नै केहीलाई गोहीसँगै र केहीलाई छुट्टै राखेर कछुवा हुर्काउँदै आएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार त्यहाँ पाँच जातका ३० वटा कछुवा छन् । जमिनमा बस्ने दुई जातलाई छुट्टै र पानीमा बस्ने तीन जातलाई गोहीसँगै राखिएको छ । निकुञ्जभित्र र बाहिर उद्धार गरिएका कछुवालाई त्यहाँ विसं २०५७ बाट हुर्काउन थालिएको हो । उनका अनुसार हुर्किएका छ वटा कछुवा बाहिर निकुञ्ज क्षेत्रमा छाडिएका छन् ।
यहाँ अति सङ्कटापन्न सालको जङ्गलमा रहने भुई, तीन पाते पहाडी, पदनी, पुतली र मयुरपङ्खी कछुवा छन् । भुई र तीन पाते पहाडी कछुवाले घाँस पात, किरा फड्याङ्ग्रा, फलफूल खाने गर्दछ । धेरै गर्मीमा पानीमा र अरुबेला जमिनमा यी कछुवा रहन्छ । यी कछुवा बिहान र बेलुका धेरै सक्रिय हुने गर्दछन् ।
पदनी पानीमा बस्ने कछुवा हो । यो मुख्य रुपमा घोलमा पाइन्छ । यसले सागपात, किराफट्याङ्ग्रा मासु सबै खान्छ । पुतलीलाई नरम खबटे कछुवा पनि भनिन्छ । दलदल र पोखरीमा यो बस्छ । खड्काका अनुसार पहिले पहिले यसै कछुवालाई इनारमा पानी सफा गर्छ भनेर राख्ने प्रचलन थियो ।
मयुरपङ्खीलाई नरम खबटे भनिन्छ । यो पोखरी, दलदल र हिलोमा बस्छ । पानीमा पाइने, किरा फट्याङ्ग्रा, माछा मासु खाने गर्दछ । निकुञ्जले पदनी, पुतली र मयुरपङ्खीलाई गोहीसँगै राखेको छ । ती कछुवालाई माछा, मासु दिने गरिएको छ भने अन्यलाई चना, भटमास, फर्सी, गाजर दिने गरिएको छ ।
कछुवा हुर्काएर प्रकृतिमा छोड्न, यसको महत्व बुझाउन, अध्ययन अनुसन्धान र जनचेतनाका लागि निकुञ्जले कछुवाको संरक्षण गरेको उहाँको भनाइ छ । विश्वमा २५० जातिका कछुवा पाइन्छन् । तीमध्ये नेपालमा १८ जातिका रहेको खड्काले जानकारी दिए । तस्करले चोरीशिकार गरेर यसलाई धेरै मूल्यमा बिक्री गर्ने गर्छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: