दमौली । तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् ।
शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यार्थीमा पठनपाठनप्रति उत्प्रेरणा जगाउन निर्देशन दिएसँगै विद्यालयले वडाभित्रका विभिन्न टोलमा सिकाई केन्द्र स्थापना गरेको हो ।
वडा शिक्षा समितिका संयोजक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, सम्पूर्ण टोल विकास संस्थाका अध्यक्ष र शिक्षकहरुको असोज ४ गते बसेको संयुक्त बैठकले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई विद्यार्थी सङ्ख्याको आधारमा पायक पर्ने ठाउँमा केन्द्र स्थापना गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक धु्रव वाग्ले क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार साँखर, नयाँवस्तीका लागि स्याउलीबजारमा, चवादी र कुर्लिङका लागि चवादीमा, नवप्रगति टोल र राधाकृष्ण टोलका लागि राधाकृष्णमा, लिलाचोक, भाटडाँडा, धामिकुना, सिम्ले, डौका, बन्द्रेका लागि लिलाचोकमा, मजुवा, नयाँबस्ती र शान्तिटोलका लागि मालेबगरमा र ढाण्डर शीतल बस्तीका लागि ढाण्डरमा केन्द्र स्थापना गरिएको छ । ती सिकाई केन्द्रहरुमा कक्षा एक देखि पाँचसम्मका विद्यार्थीलाई पठनपाठन गराइनेछ । स्याउलीबजारमा आइतबारदेखि मङ्गलबार, चवादीमा बुधबारदेखि शुक्रबारसम्म, राधाकृष्णमा आइतबारदेखि मङ्गलबार, लिलाचोकमा बुधबारदेखि शुक्रबार, मालेबगरमा आइतबारदेखि मङ्गलबार र ढाण्डरमा बुधबारदेखि शुक्रबारसम्म पठनपाठन हुनेछ ।
कक्षा ६ देखि ८ सम्मका अङ्ग्रेजी माध्यमका र कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई पनि विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइएको छ । नेपाली र अङ्ग्रेजी माध्यमका विद्यार्थीलाई पढाउन चार वटा भवन प्रयोग गरिएको छ । प्रधानाध्यापक वाग्लेका अनुसार कक्षा र ११ १२ को कक्षा सञ्चालन भने अनलाइन माध्यमबाट शुरु गरिएको छ । “बुधबारदेखि सिकाई केन्द्रबाट पठनपाठन शुरु भइसकेको र विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य रहेको छ,” उनले भने ।
उनका अनुसार यस भन्दा पहिला पनि टोल टोलमा नै पुगेर सिकाई सहजीकरण गरिएपनि बीचमा स्थगित गरिएको थियो । शुक्लागण्डकी नगरपालिकाले सिकाई सहजीकरणलाई निरन्तरता दिन आग्रह गरेपछि सिकाई केन्द्र स्थापना गरेर पुनः पठनपाठन शुरु गरिएको छ । उक्त विद्यालयमा पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै म्याग्दे गाउँपालिका–३ मा रहेको पसले आधारभूत विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन शुरु गरेको छ । विद्यार्थीलाई सिकाई सहजीकरण गर्ने उद्देश्यले विद्यालयले टोल टोलमै पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेको हो ।
विद्यार्थीलाई पढाउनका लागि पसलेका तीन वटा ठाउँमा कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक विजयराज पोख्रेलले जानकारी दिए । उक्त ठाउँका शिवपञ्चायन मन्दिर, पसले बहुउद्देश्यीय भवन र लाङ्घाली मगर आमा समूहको भवनमा विद्यार्थी पढाउन केन्द्र स्थापना गरिएको छ ।
विद्यालयले शुक्रबारदेखि नै भर्ना अभियान पनि खुल्ला गरेको छ । भर्ना अभियानको पहिलो दिनमै २६ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यालयका शिक्षक हरि सिग्देलले विद्यालयमा नयाँ विद्यार्थीको आकर्षण बढ्नु खुशीको कुरा भएको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: