Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

महोत्तरीमा एकाबिहानै झलमल्ल घाम

महोत्तरी । आकाश धुम्मिएर छिनछिनमा पानी परी रहेर दिक्क भएका महोत्तरीवासी आज भने एकाबिहानै जुर्मुराएका छन् ।

असोज लागीकन बिहानै घाम देख्न नपाएका यहाँका बासिन्दालाई आज एकाबिहानै झलमल्ल घाम लागेपछि राहत मिलेको हो । दिनदिनैजसो छिनछिनमा पर्दै आएको पानीले जकडिएको जनजीवन आज बिहानै आकाश सफा देखिनसँगै पारिलो घाम लागेपछि खुलेको छ । एकाबिहानै झलमल्ल घाम लागेपछि जिल्लाका सबैजसो बजारचोकमा चहलपहल बढेको छ । यसपालि भदौ अन्तिम सातादेखि नै दिनदिनै छिनछिनमा पानी परी रहेपछि यहाँको जनजीवन वाक्कदिक्क नै बनेको थियो ।

अब दुई/चार दिन लगातार घाम लागे तरकारी खेती गोडमेल, खेतबारी खनजोत गर्न र भदौरे धान काटेर थन्क्याउन पाइने किसानको आश छ । “हेर्नोस् न, खेतमा धान पाकेर दाना झर्दैछ, पानी नरहेर काट्न, दाँइ गर्न र थन्क्याउन पाइएको थिएन”, जिल्लाको बर्दिवास नगरपालिका–७ मनहरिपुरका किसान बिन्देश्वर यादवले भने, “आज बल्ल कति दिनमा राम्ररी घाम लागेको छ, अब अन्न थन्क्याउन पाइने आश जाग्यो ।”

मौसममा सुधार देखिएसँगै अब तरकारी गोडमेल र नयाँ खेतीका लागि खेतबारी खनजोत गर्न अनुकूल हुने यादवले बताए । जिल्लाको उत्तरी क्षेत्रका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगरपालिका क्षेत्रमा आँसु(भदौरे धान) मुख्य बालीका रुपमा रहँदै आएको छ ।

अब राष्ट्रिय महत्वका चाडपर्व नजिकिएसँगै घर सरसफाइ, लिपपोत र रङरोगन गर्ने बेला पनि नजिकिएको सर्वसाधारण गृहिणी बताउछन् । मौसम उघ्रेसँगै रातो, कमेरे र पहेँलो माटोको खोजीमा लाग्ने गृहिणीको तयारी छ । “अब १९/२० दिनपछि त दशैँ शुरु भइहाल्छ, पानी परी रहेर केही गर्न पाइएको थिएन”, जिल्लाकै भङ्गाहा–४ थारुटोल बनराकी अशिया चौधरी थारुले भने, “अब बल्ल घाम देखिएको छ, चाडपर्वको तयारीमा लाग्न पाइने आश जाग्यो ।”

अहिले मौसममा सुधार देखिएसँगै पशुपालक किसानले गोठमै बाँधिएर रहेका घरपालुवा पशुबस्तु (गाई, भैँसी, बाख्रापाठा) फुकाउन, डुलाउन पाएका छन् । धेरै दिनपछि पारिलो घाम लागेपछि लुगा धुने व्यवसायका धोबीलाई पनि राहत भएको छ । “धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा पानी परी रहेर घरमै थुप्रिएको थियो”, जिल्लाको बलवा नगरपालिकाको बन्चौरीका मुस्लिम बैठा धोबीले भने, “अब भने काम गर्न पाइने भयो ।” लामो समयपछि आकाश उघ्रेपछि बल्ल शरद ऋतु प्रारम्भ भएको यहाँका सर्वसाधारणले महसुस गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: