काठमाडौं । सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ । तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ ।
आजको नागरिक दैनिकमा खबर छ - संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा पुग्नेहरूमा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर देखिएको छ ।
अस्पताल प्रशासनले पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड व्यवस्थापन गर्न सकिरहेको छैन । त्यहाँ स्वाब दिन आउनेहरूलाई ठेलमठेल हुनेगरी उभ्याइन्छ। त्यहाँको भद्रगोल देखेर स्वाब दिन पुग्नेहरू आतंकित बन्ने गरेका छन् ।
कर्मचारीले जसोतसो स्वाब संकलन गरिरहे पनि प्रशासनले भीड व्यवस्थापन गर्न नसक्दा उक्त अस्पतालमा भद्रगोल स्थिति सिर्जना भएको हो । साँघुरो ठाउँमा कोचाकोच गरी उभिँदा कोरोना संक्रमण फैलन सक्ने भन्दै कतिपय सर्वसाधारण स्वाब नै नदिई फर्कने गरेका छन् ।
पिसिआर गराउन आउँदा उल्टै रोग सर्न सक्ने डर भएपछि फर्कनुको विकल्प नभएको आइतबार अस्पताल प्रांगणमा भेटिएका सूर्यकुमार बस्नेतले बताए । ‘कन्ट्रयाक्ट ट्रेसिङमा परें । स्वाब दिऊँ भनेर आएको थिएँ,’ उनले भने, ‘यस्तो भीड छ, उल्टै कोरोना सर्ने सम्भावना देखें ।’ एकअर्कालाई धकेल्दै स्वाब दिन जाँदा कोरोना संक्रमण भएकाबाट नभएकालाई सर्ने डर देखिएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: