काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ जारी गरेकी छिन् । अध्यादेशमा एसिड आक्रमण गरेमा २० वर्षसम्म कैद सजायसहितका प्रावधान छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अध्यादेशमा एसिड आक्रमण गर्नेको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति उपलब्ध गराउने तथा अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अंगमा क्षति पुगेमा पीडकलाई २० वर्षसम्म कैद सजायको व्यवस्था छ । शरीरको कुनै पनि भागमा एसिड परे मात्रै पनि १० वर्ष सजाय भुक्तान गर्नुपर्ने व्यवस्था अध्यादेशमा छ ।
एसिड बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिनुपर्ने, हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्नुपर्ने, अन्य पेय पदार्थको बोतलमा एसिड राख्न नपाइने व्यवस्था पनि अध्यादेशमा छ । सिल गरिएको बोतलमा मात्र एसिड बेच्न पाइने र खुला रूपमा बिक्री-वितरण पूणर् बन्देज गर्ने अध्यादेशले व्यवस्था गरेको छ ।
अध्यादेशअनुसार बोतलमा उत्पादकको नाम र त्यसको मात्रासमेत उल्लेख गर्नुपर्नेछ । विक्रेताले आफूले ल्याएको एसिडको परिमाण र बेचबिखनको तथ्यांक तथा खरिदकर्ताको पूणर् परिचय खुल्ने परिचयपत्रको फोटोकपी समेत राख्नुपर्नेछ ।
अध्यादेशमा एसिड प्रहारबाट कसैको मृत्यु भए जन्मकैद हुने प्रवधान भने यथावत् छ । एसिड आक्रमण गर्नेको सजाय मिनाहा गर्न नपाइने, एसिड आक्रमणका मुद्दालाई अदालतले प्राथमिकतामा राखेर किनारा लगाउनुपर्ने, आक्रमणकारीबाट उपचार खर्च भराउनुपर्ने, जरिवाना बापतको रकम अदालतबाट फैसला भएको मितिले ३५ दिनभित्र दाखिला नगरे अपराधीको सम्पत्तिबाट असुल गर्ने व्यवस्था अध्यादेशमा छ ।
एसिड आक्रमणका पीडितको उपचार राज्यले नै गर्ने भएपछि व्यक्ति वा संस्थाले पीडितको उपचारका लागि रकम संकलन गर्न पनि बन्देज लगाइएको छ । सरकारले देशभरका १७ वटा अस्पतालमा एसिड आक्रमणमा परेका व्यक्तिको निःशुल्क उपचार गरिने व्यवस्था मिलाएको छ ।
एसिड आक्रमणको विरोधमा लामो समयदेखि सक्रिय रहेका अभियन्ता उज्ज्वलविक्रम थापा सरकारले निकै चासो देखाएर कानुन बनाएकोमा खुसी छन् । उनले भने, ‘दक्षिण एसियामै नेपाल सबैभन्दा थोरै एसिड आक्रमणका घटना भएको देश हो । तैपनि सरकारले दक्षिण एसियाकै सबैभन्दा कडा कानुन ल्याएर उदाहरणीय काम गरेको छ ।’
एसिडपीडितले रोजगारी पाए
एसिड आक्रमणमा परेका तीन युवतीले कुमारी बैंक र एक पुरुषले महान्यायाधिवक्ताको कार्यालयमा सवारीचालकको रोजगारी पाएका छन् । अभियन्ता थापाका अनुसार हेटौँडाकी विन्ध्यवासिनी कंसाकार तथा काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगरलाई कुमारी बैंकले १ असोजबाट लागू हुने गरी रोजगारी दिएको छ ।
नुवाकोटका रामराजा थापालाई १ असोजबाटै पारिश्रमिक पाउने गरी महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सवारीचालकमा नियुक्त गरेका छन् । हेटौँडाकी कंसाकारमाथि ९ वैशाख ०७० मा आफ्नै पसलमा बसिरहेको समयमा एसिड प्रहार भएको थियो ।
ट्युसन कक्षाबाट निस्कँदै गरेकी संगीता मगरमाथि १० फागुन ०७१ मा राजधानीकै वसन्तपुरमा एसिड आक्रमण भएको थियो । २ जेठ ०७६ मा राजधानीको कालोपुलमा जेनी खड्कामाथि र २६ फागुन ०७६ मा रामराजा थापामाथि बालाजुमा एसिड प्रहार भएको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: