Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

दसैं नजिकियो : व्यापारीले ठग्न थाले उपभोक्ता, दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य

काठमाडौं । दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् ।

आजको राजधानी दैनिकमा खबर छ - व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने गरेका छन् भने गेडागुडीमा प्रतिकेजी प्रतिकेजी १० देखि १५ रुपैयाँमा बढी रुपैयाँ लिने गरेका छन् ।

एक साताअघि मात्र १५ देखि २० रुपैयाँ सस्तोमा दैनिक खाद्यवस्तु दसैं नजिक आउन थालेपछि व्यापारीले प्रतिकेजी १० रुपैयाँ २० रुपैयाँ बढी मूल्य लिने गरेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी निकायको बजार अनुगमन सयन्त्र कमजोर हुँदा व्यापारीले त्यसको फाइदा लिएको बताए । उनले दसैं नजिकिन थालेपछि व्यापारीले उपभोक्तालाई हेरेर मनपरी मूल्य लिने गरेको बताए ।

दैनिक उपभोग्य खाद्य वस्तु दाल गुडागुडी खाने तेल हरियो तरकारीमा अत्यधिक मूल्य बढाएर व्यापारीले उपभोक्तालाई ठग्ने काम भइरहेको छ । अध्यक्ष तिमल्सिनाले भने, ‘हप्ता दिनअघि भन्दा खाने तेल प्रतिलिटर २० रुपैयाँ महँगो भएको छ । सबै दाल गुडागुडीमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढेको छ । हरियो तरकारीमा प्रतिकेजी दोब्बर रुपैयाँ बढी लिइरहेका छन् ।

उनले भने,‘तर सरकारी अनुगमन निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागले भने बजारमा बढेको अस्वाभाविक मूल्य नियन्त्रण गर्न कुनै कदम चालेको पाइँदैन ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाने तेलको मूल्य बढेको बताए । उनले अन्य दाल गुडागुडीको मूल्यमा केही तलमाथि भएपनि नबढेको बताए । उनले खाने तेलमा भने प्रतिपोका तेलमा १५ देखि २० रुपैयाँसम्म बढेको जानकारी दिए ।

उनले भने, ‘अहिले खाने तेलको मूल्य बढाउनु कारण नभए पनि ठूला व्यापारीले दसैं नजिकिन थालेपछि विभिन्न वहाना बनाउन थालेका छन् । हप्ता दिनको भन्दा अहिले थोक व्यापारीले खुद्रा व्यापारीलाई प्रतिपोका तेलमा १० देखि १० रुपैयाँ बढी लिने गरेका छन् ।’

उनले भने, ‘ठूला थोक व्यापारीले नै खुद्रा व्यापारीलाई तेलमा बढी मूल्य लिन थालेपछि खुद्रामा उपभोक्ताले बढी मूल्य तिर्नुपरेको हो ।’ अन्तर्राष्ट्रिय बजारमा डरलको मूल्य पनि बढेको छैन । डरलको मूल्य घट्दै गएको छ, । ‘त्यो हिसाबले तेलको मूल्य घट्नुपर्ने हो तर ठूला व्यापारीले एक्कासी खाने तेलमा मूल्य बढाएका छन् ।

दसैं तिहारमा खाने तेलको प्रयोग धेरै हुने हुँदा ठूला व्यापारीले वर्षभरिको नाफा नभएको व्यापार दसैंमा फाइदा लिन विभिन्न बहाना बनाएर मूल्य बढाउने गर्छन्, । ठूला व्यापारीको माथिसम्म पहुँच हुन्छ उनीहरूलाई सरकारी निकायले कुनै कारबाही गर्न सक्दैन ।

त्यसकारणले पनि हरेक चाडपर्वमा ठूला व्यापारीले दैनिक उपभोग्य खाद्यवस्तुमा मूल्य बढाउने गर्छन् । ठूला व्यापारीले गरेको कालोबजारीको दोषी साना खुद्रा व्यापारी हुन्छ । अध्यक्ष श्रेष्ठले भने, ‘सरकारी निकायले गर्ने बजार अनुगमन नै प्रभावकारी नहुँदा त्यसको फाइदा ठूला व्यापारीले लिएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending