काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता जीवन र जगतको निरन्तरताका लागि अपरिहार्य र महत्वपूर्ण तथा न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग भएको बताएकी छिन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाका सिलसिलामा महासचिव एन्टोनियो गुटरेसले बिहीबार राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजना गरेको महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५औँ वार्षिकोत्सव बेइजिङ प्लस २५० का अवसरमा आयोजित ‘सबै महिला, किशोरी तथा बालिकाहरूलाई सशक्त बनाई लैङ्गिक समानताको गति तीव्र बनाऔँ’ विषयको उच्चस्तरीय बैठकलाई काठमाडौँबाट अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उनले पूर्ण एवम् सारभूत समानता हासिल नभएसम्म महिला सशक्तीकरणको अभियान जारी रहनुपर्नेमा जोड दिइन् ।
उनले विभेदका अवशेष निर्मूल पार्न र कार्यान्वयनमा रहेका कमजोरी सुधार्न नेपाल प्रतिबद्ध रहेको बताइन् । बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तीकरणका लागि रुपान्तरणकारी खाका तयार गरेको तथा त्यसमा अन्तरनिहित सरोकारका १२ क्षेत्रमा क्रमिक रूपमा प्रगति हुँदै गए पनि ती प्रतिबद्धता पूर्ण रुपमा हासिल हुन अझै समय लाग्ने तथा समाजमा संरचनागत खाडल तथा चुनौती कायमै रहेको बताइन् ।
कोभिड–१९ को महामारीले असमानताको जोखिमलाई अझ बढाए पनि त्यसलाई प्रगतिको बाधक बन्न दिन नहुने विचार व्यक्त गर्दै उनले समयमै स्वास्थ्यस्याहार, खोपमा समान पहुँच एवम् महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकता सम्बोधन गर्न पुनर्लाभका योजना जरूरी रहेको बताइन् ।
दिगो विकास कार्यसूची २०३०’ को कार्यान्वयन दशक एवम् दिगो विकासको पाँचौंँ लक्ष्य प्राप्तिका लागि बेइजिङ घोषणापत्रको कार्यान्वयन महत्वपूर्ण परीक्षण हुने धारणा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले नेपाल महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिलगायत मानव अधिकारसम्बन्धी प्रमुख दस्तावेजको पक्ष राष्ट्र रहेको जानकारी दिँदै भने, “हामीले लैङ्गिक विषयलाई राष्ट्रिय विकासको अभिन्न अङ्गका रुपमा संविधान एवं कानूनमा नै व्यवस्थित गरेका छौंँ ।”
नेपालले लैङ्गिक हिंसा तथा विभेद अन्त्यका लागि लक्षित कार्यक्रम तथा कानूनको कार्यान्वयनलाई सुदृढ तुल्याएको तथा विकट भौगोलिक क्षेत्रका प्रसव वेदनामा छटपटाएका गर्भवती र सुत्केरीको जीवन रक्षाका लागि हवाई उद्धारको व्यवस्था गरेको जानकारी दिँदै उनले लामो सङ्घर्ष र निरन्तरको सिर्जनात्मक प्रयासबाट हाल नेपालमा सङ्घ, प्रदेश र स्थानीय सरकारका कूल निर्वाचित पदमध्ये ४१ प्रतिशत र निजामती सेवामा २४ प्रतिशतभन्दा बढी महिलाले काम गरिरहेको तथा ८३ प्रतिशत महिला श्रम बजारका विभिन्न क्षेत्रमा संलग्न रहेको बताइन् ।
लैङ्गिक रुढीवादलाई हटाएर, परम्परादेखि चल्दै आएका असमानतालाई सच्याएर एवम् राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रियस्तरमा हाम्रा प्रतिबद्धता र तिनको कार्यान्वयनबीच समन्वय कायम गरेर बेइजिङ घोषणापत्रका उद्देश्य हासिल गर्न सकिने अभिमत राष्ट्रपति भण्डारीले प्रकट गरिन् । बैठकलाई ४२ देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख, पाँच उपराष्ट्रपति र १११ मन्त्रीसहित १७५ जनाले सम्बोधन गर्नुभएको न्युयोर्कस्थित राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: