Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

कोरोना भाइरस : ५० वर्षमुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा नेपालमा बढी

काठमाडौं। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्षमुनिका छन् ।

आजको नागरिक दैनिकमा खबर छ - मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो । त्यसमध्ये १६९ जना ५० वर्ष मुनिका छन् । त्यसमा पनि ४० देखि ४५ वर्षसम्मका धेरै छन् । मृत्यु हुनेमा ७० प्रतिशत ५० वर्षमाथिका छन् ।

नेपालमा ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘कारणबारे थप अध्ययन हुनुपर्छ,’ उनले भने । ‘कम उमेर छ भन्दैमा ढुक्क हुने अवस्था छैन, रोगसित लड्ने क्षमता कति छ भन्ने कुरामा भरपर्छ,’ उनले भने ।

नेपालमा युवा उमेरका मानिसको कोभिड-१९ ले हुने मृत्यु विकसित देशको तुलनामा बढी रहेको विज्ञहरुले जनाएका छ्न । विकसित देशको तुलनामा ७० वर्षमाथिका वृद्धहरुको संख्या कम हुनु र बढी मात्रा युवा समुहमा नै कोरोना संक्रमण हुनुले ५० वर्ष मुनिका व्यक्तिको मृत्यु बढी भएको उनीहरुको तर्क छ ।

कम उमेरका भए पनि उनीहरु कुनै न दीर्घ रोगबाट प्रभावित भएकाले यो उमेरमा कोरोना संक्रमितको मृत्यु भएको हुन सक्ने राष्ट्रिय इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीको विश्लेषण छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy