Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

मोटरबाटो नपुगेका वाग्मती प्रदेशका २ पालिकामध्ये एकमा पुग्यो मोटरबाटो

वाग्मती । वाग्मती प्रदेशमा रहेका मोटरबाटो नपुगेका दुई गाउँपालिकामध्ये एकमा मोटरबाटो पुगेको छ । सडक सञ्जालले नछोएको प्रदेशको अतिविकट काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्ने मोटरबाटो पुगेको हो । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रमअन्तर्गत सडक निर्माण भएको जनाइएको छ ।

हरेक गाउँपालिकाको केन्द्रलाई नजिकको राजमार्गसँग कालोपत्र सडकले जोड्ने कार्यक्रमअन्तर्गत सडक सञ्जालले नछोएका क्षेत्रलाई सडकले जोड्ने सडक पुगेका ठाउँका सडक स्तरोन्नति गर्ने र गाउँपालिकाको केन्द्रबाट नजिकको राजमार्गसम्म पक्की सडक बनाउने प्रदेश सरकारको योजना रहेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए ।

प्रदेशको विकट गाउँपालिकामध्ये धादिङको रुविभ्याली र काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसँग अहिलेसम्म सडक सञ्जालले जोडिएको थिएन । “अब महाभारत गाउँपालिकाको केन्द्र जोड्ने तीनखुट्टे–देविटार सडक ट्रयाक मङ्गलबारबाट खुलेको छ”, मन्त्री फुयाँलले बताए ।

यसैगरी रुविभ्याली गाउँपालिकाको केन्द्रबाट नजिकैको कालोपत्र सडकसम्म जोड्नका लागि निर्माण कार्य अगाडि बढिसकेको उनले जानकारी दिए । मन्त्री फुयाँलले अन्य विभिन्न १४ वटा पालिकाको केन्द्रसम्म वर्षको बाह्रै महिना निर्वाधरुपमा सवारीसाधन सञ्चालन गर्नका लागि कालोपत्र गर्ने कार्य अगाडि बढाइएको बताए ।

उहाँले प्रदेशका कुनै पनि क्षेत्रलाई विकट क्षेत्रका रुपमा नछोडिने बताए । अब ती क्षेत्रलाई सडक सञ्जालका मध्यमबाट जोडेर सिँचाइ, पर्यटन, कृषिलगायत विकासका अन्य पूर्वाधारसमेत तयार पार्न सरकारले पूर्णरुपमा सहयोग गर्ने उनको भनाइ थियो । जनताले प्राप्त गर्ने सेवासुविधाका हिसाबले गाउँ र शहरबीच भिन्नता हुनु नहुने उनले बताए । मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा रहेको प्रदेश सरकार त्यसकै लागि लागिपरेको उनको भनाइ थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: