वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ राहत प्याकेजका सम्बन्धमा डेमोक्रेटिक पार्टीसँग चुनाव अघिसम्म छलफल अन्त्य भएको घोषणा गरेका छन् ।
अमेरिकी केन्द्रीय बैंक ९फेडरल रिजभ्र्स० ले मुलुकको अर्थतन्त्रको अवस्था निकै नाजूक अवस्थामा रहेको विवरण सार्वजनिक गरेलगत्तै राष्ट्रपति ट्रम्पले थप आर्थिक राहत प्याकेजका बारेमा थप छलफल नगर्ने बताएको हो ।
राष्ट्रपति ट्रम्पले गर्नु भएको ट्वीटमा अमेरिकी संसद कङ्ग्रेसकी सभामुख नान्सी पेलोसीले असल मनशायका साथ वार्ता गर्न नचाहेको आरोप लगाउनु भएको छ । राष्ट्रपति ट्रम्पले सिनेटमा बहुमत प्राप्त दल रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनललाई आफूले सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेकी एमी कोने ब्यारेटको संसदीय सुनुवाई तत्काल अघि बढाउन आग्रह गरेका छन् ।
ट्रम्पले ट्वीटमा भनेका छन्, “मैले चुनाव अघिसम्म राहतका विषयमा वार्ता स्थगित गर्न पार्टीका सदस्यलाई भनिसकेको छु, र मैले राष्ट्रपतिको चुनाव जितेलगत्तै ठूलो राहत प्याकेज घोषणा गर्नेछु जसले मेहनेती अमेरिकी जनता र साना व्यवसायलाई मुख्य रुपमा ध्यान दिनेछ ।”
मध्यस्थता वार्ता स्थगित गरेको केही घण्टापछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले चुनाव अघि हरेक अमेरिकी योग्य नागरिकको खातामा एक हजार २०० डलरको राहत दिन अमेरिकी कंग्रेस समक्ष अनुरोध गरेका थिए । तर त्यसको जवाफमा कंग्रेसकी सभामुख पेलोसीले आंशिक सम्बोधनको साटो विस्तृत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
मंगलबार साँझ एकपछि अर्को ट्वीट गर्नु भएका राष्ट्रपतिले भनेका छन्, “म अहिल्यै तत्कालै हस्ताक्षर गर्न तयार छु । के नान्सी तपाइँले सुन्नु भएको छ ?” उनले कंग्रेस समक्ष विमान सेवाका लागि २५ अर्ब डलर र साना व्यवसायलाई मद्दत गर्न १३५ अर्ब डलरको अर्को राहत प्याकेज स्वीकृत गर्न आह्वान गर्नु भएको छ ।
राष्ट्रपति ट्रम्पको उक्त अप्रत्यासित कदमले राष्ट्रपति पदमा पुनः निर्वाचित हुने सम्भावनालाई झनै क्षीण बनाएको छ र उनको चुनावी अभियानमा ठूलो धक्का लागेको छ । राष्ट्रपति ट्रम्प स्वयं ह्वाइट हाउसमा क्वारेन्टिनमा बस्नु भएको छ । पछिल्ला चुनावी मत सर्वेक्षणले राष्ट्रपति ट्रम्प डेमोक्रेटिक उम्मेदवार जो बाइडेनभन्दा निकै पछि रहनु भएको देखाएका छन् ।
अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
पूर्व उपराष्ट्रपति एवं राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले राष्ट्रपति ट्रम्पका पछिल्ला प्रस्ताव र कदमहरु अस्वीकार्य रहेको बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: