Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

१०५ घरमा ‘एक घर, एक धारा’

वालिङ । स्याङ्जाको विरुवा गाउँपालिका–३ राङभाङमा १०५ घरमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । राङभाङ गाउँभन्दा झण्डै ५०० मिटर तल रहेको धरादी खोला मूहानबाट पानी तानेर पाइपमार्फत घर–घरमा पानी वितरण गरिएको राङभाङ लिफ्टिङ खानेपानी समितिका अध्यक्ष गोविन्दबहादुर आलेले बताए ।

विगत लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका त्यहाँका स्थानीय घर–घरमै धारा पुगेपछि हर्षित भएका छन् । “पानीको स्रोतभन्दा बस्ती माथिल्लो भागमा रहेकाले यहाँको मुख्य समस्या खानेपानीको थियो”, समितिका अध्यक्ष आलेले भने, “आर्थिक वर्ष २०७१/०७२ बाट निर्माण शुरु भएको योजना हालैमात्र सम्पन्न भएर घर–घरमा धारा जडान गरी पानी वितरण गर्न सफल भएका छौँ” ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र स्थानीय जनश्रमदानसहित रु एक करोड ७५ लाखको लागतमा योजना सम्पन्न भएको समितिका अध्यक्ष आलेले बताए । गाउँभन्दा माथि रहेको ठाउँमा पानी सङ्कलनका लागि ट्याङ्की निर्माणपश्चात प्रत्येक घरमा मिटरसहितको धारा जडान गरिएको छ ।

खानेपानी योजना सम्पन्न भएसँगै एकगाग्री खानेपानी लिनका लागि यहाँका बासिन्दाले कम्तीमा पनि आधा घण्टा हिँडेर गाउँभन्दा तल रहेका स–साना मूहानहरुबाट पानी भरेर ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको वडा नं ३ का वडाध्यक्ष सन्तबहादुर गुरुङले बताए । “खानेपानीको समस्यासँगै जुध्दै आएका स्थानीयवासीको घर–घरमा धारा पुगेपछि अहिले निक्कै हर्षित छन्” उनले भने, “खानेपानीको जोहो गर्नमै दिन बिताउने अहिले घरमै २४सै घण्टा पानी आउन थालेपछि पानीको सदुपयोग गर्दै तरकारी तथा अन्य व्यवसायतर्फ उन्मुख भएका छन् ।”

गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ नीतिअन्तर्गत खानेपानीको असुविधा भएका बस्तीमा खानेपानी योजना सञ्चालन भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेम डोटेलले बताए । “पानीको स्रोत सुक्दै जाने तथा भासिँदै तल–तल झर्दै गएकाले पहाडका माथिल्लो भेगमा खानेपानीको समस्या हुने गरेको छ”, उनले भने, “खानेपानीको चरम अभाव भएका बस्तीमा बस्तीभन्दा तलबाट लिफ्टिङ गरेर खानेपानी वितरण गरिँदै आएको र जिल्लामा यस खालका धेरै योजना सञ्चालनमा रहेका छन् ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: