Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

एकै वर्षमा २४ लाख किलो विद्युतीय फोहोर उत्सर्जन, स्वास्थ्य जोखिम उच्च

काठमाडौं । मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट)को पनि थुप्रो लाग्न थालेको छ । प्रयोगविहीन भएपछि फोहोरका रूपमा रहने यस्ता उपकरणबाट स्वास्थ्य जोखिम पनि उत्तिकै हुने भएकाले विश्वभर नै यो चिन्ताको विषय बनेको छ । खासगरी यस्ता उपकरणको पुनः प्रयोगको नीतिको अभावमा नेपालजस्ता अल्पविकसित मुलुक थप सङ्कटमा पर्नसक्ने एक अध्ययनले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयु)को हालै प्रकाशित ‘ई–वेस्ट एन्ड सर्कुलर इकोनोमी’ नामक प्रतिवेदनले नेपालमा सन् २०१९ मा मात्रै २४ लाख किलोग्राम (२४ किलो टन) अर्थात् प्रतिव्यक्ति नौ सय किलोग्रामभन्दा बढी विद्युतीय फोहोर उत्सर्जन भएको छ ।

नेपालमा विद्युतीय फोहोरको उत्सर्जन बढ्दै गए पनि यसलाई नियन्त्रणका लागि आवश्यक कानुन तथा नीतिको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि दक्षिण एसियाली मुलुकको तुलनामा प्रतिव्यक्ति विद्युतीय फोहोर उत्पादनमा भने नेपालको स्थान तलै छ । नेपालभन्दा तल रहेको अफगानिस्तानमा प्रतिव्यक्ति छ सय ग्राम मात्रै विद्युतीय फोहोर उत्सर्जन भइरहेको छ भने श्रीलङ्कामा सबैभन्दा धेरै छ किलो चार सय ग्राम उत्सर्जन भइरहेको छ ।

नेपालकै तथ्याङ्क हेर्ने हो भने चालू आर्थिक वर्ष २०७७÷७८ को दुई महिनासम्म सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा मोबाइल सबैभन्दा अगाडि छ । साउन र भदौमा मात्रै गरेर नेपालले करिब आठ अर्ब रुपियाँका नौ लाख ९५ हजार थान मोबाइल आयात गरेको छ । त्यस्तै दुई महिनामा मात्रै ९३ करोड रुपियाँका १७ हजार ल्यापटप आयात भएको भन्सार विभागको तथ्यांक छ ।

प्रतिवेदनअनुसार विश्वव्यापी विद्युतीय फोहोरको अवस्था झन् सङ्कटोन्मुख छ । सन् २०१९ मा मात्रै विश्वभर पाँच करोड ३६ लाख मेट्रिक टन यस्तो फोहोर उत्सर्जन भएको छ । जुन चार वर्षअघि सन् २०१६ मा चार करोड ८२ लाख मेट्रिक टन थियो । सन् २०३० सम्म यस्तो फोहोरको परिमाण सात करोड ४० लाख मेट्रिक टन पुग्ने अनुमान पनि गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE