Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

पैसा तिर्न नसक्दा बालकको शव तीन दिन अस्पतालमै बन्धक

ऋण काढेर एक लाख बुझाएपछि विराट अस्पतालले शव दियो, पीडित परिवार भन्छ– अस्पतालको लापरबाहीले बच्चाको ज्यान गयो

लहान । उपचारमा लागेको एक लाख रुपैयाँ तिर्न नसक्दा विराटनगरको विराट अस्पतालले एक बालकको शव तीन दिनपछि मात्रै परिवारलाई दिएको छ । बुधबार साँझ ऋण निकालेर रकम बुझाएपछि सिराहा नगरपालिका– ४ खरसलवाका दुईवर्षे सिद्धार्थ सदाको शव परिवारले पाएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गाउँघरबाट महँगो ब्याजदरमा ऋण निकालेर सबै रकम बुझाएपछि मृत्यु भएको तेस्रो दिन शव पाएको सिद्धार्थकी हजुरआमा कलावती सदाले बताइन् । ‘उपचार गर्दा एक लाख ५० हजार यसअघि नै दिएका थियौं । उपचारमा लागेको ४० हजार र फार्मेसीको ६० हजार रुपैयाँ ऋण गरेर बुझायौँ,’ कलावतीले भनिन्, ‘केही दिनमा दिन्छौँ भनेका थियौँ, अस्पताले मानेन । शव नै राखेपछि सय कडा तीनका दरले ऋण निकालेर बुझायौँ ।’ अस्पतालले शव दिएपछि बुधबार साँझ नै उनीहरूले घर ल्याएका छन् ।

ठूलाआन्द्रामा समस्या देखिएपछि परिवारले सिद्धार्थलाई १८ असोजमा विराट अस्पतालमा भर्ना गरेको थियो । उनका मामा प्रेमकुमार सदाका अनुसार चिकित्सकहरूले उनको शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यही दिन सिद्धा्र्थको आन्द्राको शल्यक्रिया गरिएको थियो ।

‘आन्द्रा काटेर जोड्नुपर्छ भनेपछि सहमति जनायौं,’ प्रेमकुमारले भने, ‘शल्यक्रियापछि सञ्चो हुनुपर्नेमा छटपटाउने, बेहोस हुने भयो । अस्पतालका चिकित्सकलाई सुनाएपछि एक्सरे गरेर हेर्दा भित्र केही ठाउँमा स्टिच नगरी बाहिर मात्र घाउ स्टिच गरिएको रहेछ ।’

त्यसपछि चिकित्सकहरूले दोस्रो शल्यक्रिया गरेर सिलाउँदा ठीक हुन्छ भन्ने सुनाए । सिद्धार्थका परिवारजनले किन लापरबाही गरेको भन्दै सोधपुछ गरेपछि डेढ लाख तिरेर अन्य अस्पताल लैजान भन्दै दबाब दिएको उनले बताए ।

‘२३ असोजमा दोस्रोपल्ट शल्यक्रिया गरेपछि पनि निको भएन । नाक र मुखबाट रगत आउन थाल्यो,’ प्रेमकुमारले भने, ‘अवस्था गम्भीर भएपछि फेरि आइसियूमा राखियो । २६ असोजमा आइसियूमै ज्यान गयो ।’ चिकित्सकको लापरबाहीले सिद्धार्थको ज्यान गएको उनको भनाइ छ ।

पहिलो शल्यक्रिया गर्दासम्म लागेको एक लाख ५० हजार रुपैयाँ उनीहरूले अस्पतालाई बुझाएका थिए । त्यसपछि दोस्रो शल्यक्रिया गरेको र तीन दिन आइसियूमा राखेको तथा औषधिको गरेर एक लाख रुपैयाँ दिन अस्पतालले दबाब दिएको हो । त्यो रकम तिर्न नसक्दा बालकको शव तीन दिनसम्म अस्पतालमै राखेको प्रेमकुमारले बताए ।

हाँसीखुसी अस्पताल लगिएका छोराको शल्यक्रिया बिग्रिएर मृत्यु भएपछि सुनीतादेवी सदा विक्षिप्त बनेकी छिन् । पति गुमाएको डेढ महिनामै छोरा पनि गुमाउनुपर्दा उनी विक्षिप्त बनेको प्रेमकुमारले बताए । १९ भदौमा ट्र्याक्टर दुर्घटनामा परेर उनका पतिको मृत्यु भएको थियो । सुनीतादेवी पाँच महिनाकी गर्भवती छिन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending