Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र सत्ताको पछाडि दौडिरहँदा पार्टी एकताको बाँकी काम छायाँमा पर्न थालेको भन्दै आम कार्यकर्तामा असन्तुष्टि बढ्न पुगेको छ ।

आजको राजधानी दैनिकमा खबर छ - अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा खासै संवेदनशील बन्न नसकेको भन्दै अध्यक्षद्वयलाई यस विषयमा गम्भीर भएर लाग्नुपर्ने पार्टी कार्यकर्ताको सुझाव छ ।

पार्टीका विभिन्न कमिटीले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गरे पनि नेतृत्वमा रहेकाहरूले कार्यान्वयन नगर्दा एकताका बाँकी काम ओझेलमा परेको हो । नेकपाभित्र देखिने गरेको एकपछि अर्को किचलोका कारण पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी ओझेलमा पर्दै गइरहेको छ । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता घोषणा भएको थियो ।

पार्टी एकता घोषणा कार्यक्रममै शीर्ष नेताले तीन महिनाभित्रैमा पार्टी एकताका सम्पूर्ण काम टुंगो लगाउने उद्घोष गरेका थिए । तर, पार्टी एकता भएको अढाई वर्ष पूरा भए पनि एकताको बाँकी काम टुंगो लाग्न सकेको छैन् ।

पार्टी केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीले विभिन्न समयमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा निर्णय गरे पनि ती निर्णयहरू त्यसै थन्कँदै आएका छन् ।

‘पार्टी बैठकले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गर्छ । तर नेतृत्वकै बीचमा सधंै किचलो नै भइरहेका कारण एकताको काम ओझेलमा पर्दै गइरहेको छ,’ नेकपा सचिवालयका एक सदस्यले भने, ‘एकताले अन्तिम रूपमा पाउन नसक्दा हजारांै कार्यकर्ता जिम्मेवारीविहीन भइरहेका छन्, जुन दुःखद हो ।’

सत्तारूढ दलका साथै सबैभन्दा ठूलो दल भएका कारण पार्टीमा बहस हुनु राम्रो भए पनि बैठकका निर्णय कार्यान्वयन गर्नमा नेतृत्व सचेत हुनुपर्ने ती सदस्यले बताए । नेतृत्वले चासो नदिएकै कारण पार्टी एकताका काम ओझेलमा परेको उनको दाबी छ ।

पछिलो समयमा सम्पन्न सचिवालय बैठकपश्चात् अध्यक्षद्वय ओली र दाहालबीच पटक पटक छलफल भएको छ । तर, ती छलफल पार्टी एकताका काम समयमै टुंग्याउने विषयमा नभएको नेकपा स्रोतको दाबी छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, नियुक्तिलगायतकै विषयमा मात्रै छलफल केन्द्रित भएकाले पार्टी एकताको काम ओझेलमा परेको हो ।

सरकार पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिसहित पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा अध्यक्षद्वयका बीचमा निरन्तर छलफल जारी रहेको भए पनि सहमति जुट्न नसकेको स्रोतको दाबी छ ।

गत ६ असोजमा सम्पन्न सचिवालय बैठकले पार्टी एकताका बाँकी काम टुंगो लगाउने निर्णय गर्दै ठोस प्रस्ताव तयारी गर्नका लागि अध्यक्षद्वय ओली र दाहालका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । तर, सचिवालय निर्णयअनुसार तोकिएकै समयभित्रमा ठोस प्रस्ताव तयार गर्न सकिएको छैन ।

सचिवालयको निर्णयअघि केन्द्रीय कमिटीले समेत एकताको बाँकी काम टुंगो लगाउन १५ दिनको समय दिएको थियो । गत १५–१९ माघमा बसेको केन्द्रीय कमिटी बैठकले एकताको बाँकी काम टुंगो लगाउन निश्चित समया अवधि दिए पनि त्यसको समेत पालना हुन सकेको थिएन ।

पछिल्लो पटक सम्पन्न स्थायी कमिटी बैठकले समेत असोज महिनाभित्रमा पार्टी एकताका बाँकी काम टुंगो लगाउन निर्णय गरेको थियो । तर, असोजमा ओली र दाहालबीच भएको छलफलले कुनै निष्कर्ष निकाल्न सकेन् ।

नेकपाले अहिले पोलिटब्युरो कमिटी गठनका साथै विभिन्न विभाग, आयोगहरूलाई पूर्णता दिनुपर्नेछ । ३२ विभाग, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्लगायतका कमिटीले पूर्णता पाउन सकेका छैनन् ।

ती संगठनले प्रमुख, उपप्रमुख, सचिवहरू पाए पनि सदस्य तोक्न बाँकी छ । नेकपा केन्द्रीय सदस्य एवं प्रवास समन्वय कमिटीका सचिव श्रीप्रसाद साहले यी संगठनले छिटै नै पूर्णता पाउने विश्वास व्यक्त गरे । नेतृत्वका बीचमा छलफल चलिरहेको बताउँदै उनले केही दिनभित्रमै टुंगो लाग्ने बताए । यी संगठनले पूर्णता पाउन नसक्दा काम गर्न असजिलो भएको अनुभव उनले सुनाए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy