Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

कोरोनाकाे त्रास: नवरात्रमा पनि सुनसान नै छन् शक्तिपीठ

काठमाडौं । जमरा राखेपछि विधिवत् रूपमा दसैँ आरम्भ भएको मानिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दसैँको तामझाम नै रहन्छ । दसैंको पहिलो नौ दिनलाई नवरात्र भनिन्छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - यो नवरात्रको प्रत्येक दिन दुर्गाको रूपअनुसार विभिन्न शक्तिपीठमा पूजाआजा गर्न जाने चलन छ । तर, यसपटक कोरोना भाइरसका कारण विगत वर्षकोजस्तो चहलपहल छैन । घटस्थापनाको दिन विभिन्न शक्तिपीठमा विगत वर्षमा खुट्टा टेक्ने ठाउँ हुँदैन थियो । घन्टौँ लाइन बसेपछि मात्र पालो आउँथ्यो । तर, शनिबार काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठमध्ये कुनै पूर्णरूपले बन्द त र कुनै आंशिक खुला देखिए ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी तथा नवौँ दिन सिद्धदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गाको यही नौ रूपलाई नवदुर्गा भन्ने गरिन्छ ।

भद्रकाली मन्दिरमा बिहानैदेखि भिड थियो । शनिबार त्यसमा पनि घटस्थापनाको दिन पूजाआजा गर्ने अवसर पाउँदा भक्तजन दंग देखिन्थे । दर्शनार्थीले भौतिक दूरी कायम नराखे पनि मास्क लगाएको, वेलावेलामा स्यानिटाइज गरेको देखिन्थ्यो । दसैँका वेला भद्रकाली मन्दिरमा धेरै भिडभाड नगराउने लुँमधि भद्रकाली, द्यःपाला, लु्ँमधि भद्रकाली गुठी संरक्षण समिति तथा सुरक्षा समितिको निर्णय छ ।

निर्णयअनुसार एकपटकमा १५ जनासम्म भक्तजनलाई मन्दिरभित्र प्रवेश दिइएको पुजारी विजय पुजारी बताउँछन् । ‘कोभिडको महामारीबाट सबै सुरक्षित रहन एकपटकमा १५ जना मात्र भित्र प्रवेश दिइएको छ,’ विजयले भने, ‘सबै समितिका स्वयंसेवक यस कार्यमा खटिएका छन् ।’ पुजारी विजयका अनुसार दसैंमा हुने नियमित पूजा रोकिने छैन ।

काठमाडौंको प्रमुख शक्तिपीठ मैतीदेवी भने पूर्ण रूपले बन्द छ । दसैंको समयमा मैतीदेवी खुला गर्ने छलफल भएको थियो । पुजारी तथा भक्तजनको सुरक्षार्थ नै मैतीदेवी मन्दिर यसपटक बन्द रहेको भद्रकालीका पुजारी विजय बताउँछन् ।

‘सुरक्षा हिसाबले मैतीदेवी मन्दिर पनि बन्द छ,’ केही महिनापछि मैतीदेवी मन्दिरमा पालो लिन जाने तयारी गरेका विजयले भने । मैतीदेवी मन्दिरमा भक्तजन प्रवेश निषेध लेखिएको छ । अधिकांश भक्तजन शनिबार मन्दिरबाहिरै पूजा गरी फर्किए ।

दसैँ तथा शनिबारको दिन विशेष भिड हुने शक्तिपीठमध्ये एक संकटा मन्दिर हो । तर, शनिबार मन्दिर खुलेन । शुक्रबारसम्म संकटा मन्दिर खुला गर्ने कि भन्ने संकटा संरक्षण तथा व्यवस्थापन समितिका पदाधिकारीबीच छलफल भएको थियो ।

सबैलाई सुरक्षित राख्न संकटा मन्दिर लकडाउनमा जस्तै बन्द नै गर्ने निर्णय भएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर बताउँछन् । ‘मन्दिर खुलाउने कि भन्ने कुरा थियो, अब बन्द नै गर्ने निर्णय भएको छ,’ तुलाधर भन्छन्, ‘यसपालि भक्तजनले मन्दिरमा दर्शन गर्न पाउनु हुने छैन ।’

संकटा मन्दिरमा गत ४ चैतदेखि नै भक्तजनलाई प्रवेशमा रोक लगाइएको थियो । लगभग आठ महिना मन्दिरमा नित्यपूजा गर्ने गुरुजु बाहेक अन्यलाई प्रवेश दिइएको छैन । शनिबार बिहान संकटा पुगेका भक्तजन त्यहाँ राखिएको भगवानको पाउलाई प्रतीक मानी पूजाअर्चना गरी फर्किएका थिए । ‘यसपालि मन्दिरमा पूजा गर्न आउने भक्तजनको संख्या थोरै भयो,’ पूजा सामग्री व्यापारी नरेश श्रेष्ठ भन्छन्, ‘गत वर्ष आजको दिनमै हामीले दश हजारभन्दा माथि कमाइ गरेका थियौँ ।’

बडादसैँको पहिलो दिन केही शक्तिपीठमा भने श्रद्धालु भक्तजनको भिड नै देखियो । काठमाडौंको कंग अजिमा (कंकेश्वरी) तथा इन्द्रायणी शक्तिपीठमा भक्तजनहरूले खुला रूपमा दर्शन गर्न पाए । इन्द्रायणी तथा कंगा अजिमा लकडाउनदेखि नै खुला छन् ।

लामा बसेर देवी दर्शन गर्न पाउने भएकाले नै यहाँका भक्तजन हर्षित देखिए । ‘पहिलेदेखि नै खुला नै राख्यौँ,’ कंगा अजिमाका मोतीमान महर्जनले भने, ‘यद्यपि जोखिम नभएको होइन, भक्तजनले पनि यसलाई बुझ्नुपर्छ ।’

इन्द्रायणीका रमेश डंगोलले भक्तजनलाई सुरक्षित रूपमै दर्शन गर्न दिएको बताए । ‘हामीले एकदम सुरक्षित रूपले भित्र प्रवेश गर्न दिएका छौँ, मास्क नलगाएकालाई भित्र प्रवेश गर्न दिएका छैनौँ,’ डंगोलले भने ।

इन्द्रायणीबाट डेढ सय मिटर टाढा रहेको शोभाभगवतीमा सुरक्षा सतर्कता अपनाइएको देखिन्छ । शोभा भगवती मन्दिर पनि खुलै छ । दर्शन गर्न आउने भक्तजनलाई मूर्ति छोएर पूजा गर्न दिइएको छैन । दर्शन गर्न नचाहने भक्तजनको पूजा सामग्री मुख्य गेटबाहिर नै स्वयंसेवकले लिने गर्छन् । भित्र प्रवेश गरी अलि नजिकबाट दर्शन गर्ने त्यस्ता भक्तजनले सुरुमा साबुनपानीले हात धुने र त्यसपछि स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

‘लकडाउनका वेला हामीले कसैलाई पनि प्रवेश गराएनौँ, दसैँको वेला भक्तजनलाई दुई किसिमले व्यवस्था गरिएको छ, बाँसको बार राखेको स्थानबाट दर्शन गर्न सकिन्छ, भित्र आउँदा भने उसले पहिला साबुनपानीले हात धुने र स्यानिटाइज गरेपछि मात्र नजिकबाट दर्शन गर्न पाउँछ, यद्यपि देवता छुन प्रतिबन्ध नै छ,’ शोभाभगवती मन्दिरका पुजारी ज्ञानी बज्राचार्यले भने, ‘हामीले भक्तजनलाई बाहिर नै अनिवार्य रूपमा मास्क लगाउने र भौतिक दूरी कायम गर्न भनेका छौँ ।’ धेरै भिड भए मन्दिरका सबै ढोका बन्द गर्ने पुजारी बज्राचार्य बताउँछन् ।

शक्तिपीठमध्ये अर्को चर्चित मन्दिर हो, नरदेवी । लकडाउनदेखि नै मन्दिरभित्र प्रवेश गर्न निषेध गरिएको छ । दसैँका वेला मन्दिर खुल्ने विश्वास धेरैले गरेका थिए । विशेषतः घटस्थापनादेखि दशमीसम्म यो मन्दिरमा पूजाआजा गर्न आउनेको ठूलै लाइन हुने गर्छ ।

यस पटक मन्दिरको व्यवस्थापनले बाहिरबाटै दर्शन गर्न व्यवस्था मिलाएको छ । मुख्य ढोकामा चाँदीको बारबाट मात्र भक्तजनले दर्शन गर्न पाउँछन् । ‘बार लगाएको स्थानबाट मात्र पूजा वा दर्शन गर्न मिल्छ,’ नरदेवी मन्दिरका पुजारी देवकृष्ण महर्जनले भने, ‘दसैँका वेला भक्तजन निराश नहुन् भनी हामीले बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेम्म दर्शनको व्यवस्था मिलाएका छौँ ।’

दसैँको अवसरमा काठमाडौं उपत्यकाका तीनवटै तलेजु मन्दिरमा विशेष पूजाअर्चना हुने गर्छ । कोभिडका कारण यसपटक काठमाडौं, ललितपुर र भक्तपुरका तलेजु भवानी मन्दिरमा सामान्य नित्यपूजा मात्र हुने भएको छ । ललितपुर महानगरपालिकाले विज्ञप्ति नै जारी गरी सहरमा दसैँताका हुने सबै जात्रा, उत्सव र चाड सामान्य रूपमा मनाउन भनिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE