काठमाडौं । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन नै ५४० वटा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
सोमबार आएका ६०५ खसीबोकामध्ये बाँकी भएका ६५ र आज बिहान आएका एक सय गरी १६५ खसीबोका बिहान नै बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए। उनका अनुसार थप २९५ खसीबोका आउने क्रममा छन् ।
हेटौँडा र दाङबाट थप खसीबोका आज साँझसम्म आउने क्रममा रहेको कम्पनीले जनाएको छ । एकै दिनमा अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि आज अपराह्न खसीबोका बिक्री नहुने जनाइएको छ ।
कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्षका तुलनामा यस वर्ष बिक्रीमा कमी आउने अनुमान गर्दै कम्पनीले एकएक हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको थियो । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा नै महँगो भएपछि खसीबोका मात्र बिक्री गरिएको थियो ।
अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि थप खरीदका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अपराह्न छलफल हुने कम्पनीले जनाएको छ । हेटौँडा वरपर खसीबोका सकिएको र थप खरीद गर्न नसक्ने जानकारी आएकोसमेत कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकिलो रु १० छुट दिएर रु ५५० मा खसीबोका बिक्री गरेको छ । निजी क्षेत्रका खसी व्यवसायीले प्रतिकिलो रु ६ सय देखि ६५० सम्म बिक्री गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: