Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति

काठमाडाै‌ । राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजीक ल्याउने र नेपालको सामाजिक–आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकि छिन्। हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले दुवै मुलुकका राजनीतिक दलबीच नियमित संवादका लागि परामर्श संयन्त्र स्थापनाले नेपाल चीन बीचको सम्बन्ध थप प्रगाढ तुल्याउन विशेष योगदान पुग्ने बताइन्।

राष्ट्रपति भण्डारीको उक्त लिखित सन्देश भर्चुअल बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको हो । राष्ट्रपति भण्डारीले नेपाललाई भूपरिवेष्टितबाट विश्वका अन्य मुलुक र भूभागसँग बहुआयामिक माध्यमबाट सहज ढङ्गले जोडिएको आधुनिक र विकसित मुलुकका रूपमा रूपान्तरण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्पलाई साकार तुल्याउन व्यापक पूर्वाधार विकास र पर्याप्त आर्थिक लगानी एवम् प्राविधिक विकासको खाँचो औँल्याउँदै पूर्वाधार निमाण र सम्पर्क सञ्जालको विकास वेल्ट एण्ड रोड सहयोगको एक महत्वपूर्ण उद्देश्य भएकाले यसको प्रवद्र्धन गर्दै हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसंँगको साझेदारीलाई अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको अवगत गराए ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औंँ वर्ष पूरा भएका अवसरमा चीनका राष्ट्रपति सी चिनफिङ तथा चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँका जनताप्रति शुभेच्छा व्यक्त गर्दै बैठकबाट दुवै देशले आपसी लाभ लिन सक्ने अपेक्षा गरिन् । “नेपाल र चीन प्राचीन सभ्यता र समृद्ध संस्कृतिद्वारा अनुप्राणित मैत्रीपूर्ण सम्बन्धमा आबद्ध असल छिमेकी मुलुक हुन् । नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहिआएको छ । तिब्बत, ताइवान, हङकङ एवम् सिन्जियाङसम्बन्धी मामिलामा चीनप्रति नेपालको पूर्ण साथ र समर्थन छ । नेपालले आफ्नो भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन दिएको छैन र भविष्यमा पनि हुन दिने छैन ।”

उनले गत वर्ष आफूले गरेको चीनको राजकीय र चीनका राष्ट्रपतिले गरेको नेपालको राजकीय भ्रमणको स्मरण गर्दै राष्ट्रपति सीले गरेको भ्रमण नेपाल र चीनबीच प्राचीनकालदेखि कायम रहिआएको मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्ध सुदृढीकरणका लागि एक महत्वपूर्ण कोशेढुुङ्गा सावित भएको बताइन् ।

राष्ट्रपति भण्डारीले दुवै देशले द्विपक्षीय सम्बन्धको विकास र समृद्धिका लागि अटुट मित्रतापूर्ण रणनीतिक सहयोगात्मक साझेदारी स्तरोन्नति गर्दै ‘वन बेल्ट वन रोड इनिसिएटिभ’ अन्तर्गत हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोगको निर्माणका लागि हातेमालो गरी अघि बढ्ने अठोट प्रकट गरेको उल्लेख गरिन् ।

नेपाल चीन सीमामा थप नाका सञ्चालनमा ल्याई जनताको आवागमन र व्यापार सहजीकरणलाई सहयोग पु¥याउने प्रशस्त सम्भावना रहेकाले यस कार्यमा दुवै सरकारको प्राथमिकता रहने विश्वास प्रकट गर्दै राष्ट्रपति भण्डारीले गत अप्रिलमा राष्ट्रपति सीसँग आफ्नो टेलिफोन वार्ताका अवसरमा दुई देशबीच कोभिड –१९ विरुद्धको लडाइँमा द्विपक्षीय सहयोगलाई सबल पार्ने र महामारीको अन्त्यपछि वन बेल्ट वन रोड अन्तर्गतको सहयोगलाई द्रुत गतिले अघि बढाउने सम्बन्धमा छलफल भएको उल्लेख गरे।

चीनले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाउँदै राष्ट्रपति भण्डारीले शताब्दीका दुई महान् लक्ष्य प्राप्तिमा चीन सरकारलाई पूर्ण सफलता प्राप्त हुनेछ भन्ने दृढ़ विश्वास व्यक्त गरिन्। उनले चीनको विकास र समृद्धि नेपालका लागि समेत एउटा महत्वपूर्ण अवसर हो भनिन्।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा रामशरण महत, जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराई तथा चीनका तर्फबाट पनि उच्चस्तरीय प्रतिनिधिले सम्बोधन गरी दुई देशबीचको सम्बन्ध र साझेदारीलाई थप प्रभावकारी बनाउन साझा मत व्यक्त गरिएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE