महोत्तरी । बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको छ । प्रदेश नम्बर २ का सबैजसो जिल्लामा दशैं मेलामा देखिने भीडभाडले सङ्क्रमण जोखिम बढाएको विज्ञले बताएका हुन् ।
कोभिड–१९ सङ्क्रमण बढिरहेकै बेला परेको दशैं पर्वमा देवी शक्तिपीठमा मेला र उत्सव आयोजना नगर्न र पशुबलि रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयको आदेश भएपनि त्यसको पालना भएको छैन ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “सङ्घीय र प्रादेशिक सरकार, स्वास्थ्यसम्बद्ध सरकारी कार्यालय र निकाय एवं स्थानीय प्रशासनले विभिन्न माध्यमबाट भीडभाड नगर्न अपिल गरिरहेका छन्, तर परम्परा थेग्ने नाउँमा जताततै मेला उत्सव, नाचगान र सामूहिक पशुवलि निकै बढेको छ । यसले झन् सङ्क्रमणको खतरा बढाएको छ ।”
धनुषाको जनकपुरधामस्थित राजदेवी मन्दिरमा अष्टमीका दिन राति निकै भीड देखिन्थ्यो । सामुहिक पशुवलि कार्यक्रम नजिकबाट नियालिरहेका भङ्गाहा नगरपालिका–४ का सामाजिक कार्यकत्र्ता रामईश्वर ठाकुरले भन्नुभयो, “पछिल्ला केही महिनायता कोभिड–१९ नियन्त्रण र रोकथाम अभियानमा सामाजिक सङ्घसंस्था र स्थानीय तहको भूमिका नदेखिँदा यस्तो अवस्था आएको हो ।”
महोत्तरीका देवी शक्तिपीठ र मन्दिरमा पनि सामूहिक पशुबलि आयोजना भएको छ । भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा त सङ्क्रमणमा परी दुई दिन पहिलेमात्र एक महिलाको ज्यान गएको देख्दादेख्दै आर्केष्ट्रा ९सामूहिक नाचगान प्रदर्शन० आयोजन गरी रातभर मेला आयोजन गरिएको छ । स्थानीय प्रशासनले घटस्थापनाकै दिनदेखि जमघट नगर्न निषेधाज्ञा नै जारी गरेपनि प्रहरी कुनै नियन्त्रण गर्न नसकेको स्थानीय व्यापारी बताउँछन् ।
भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले गत चैतदेखि नै आपूmले आग्रह गर्दागर्दै जमघट नियन्त्रण हुन नसकेको स्वीका गर्दै भने, “पटक पटक अनुरोध गरिएकै हो । डण्डा वर्षाउने हाम्रो काम होइन । अनुरोध र आग्रहको सुनवाइ हुँदैन ।”
बर्दिवास नगरपालिका–९ का निलकमल बुर्जा चोकचोकमा डिजेबाजामा बज्ने कर्कश स्वरका डिस्को गीतको आवाजले चैनले दशैँ मनाउन नपाइएको दुःखेसो गर्छन् ।
हालसम्म प्रदेशका १६५ जनाले कोविड–१९ सङ्क्रमणले ज्यान गुमाईसकेका छन् । प्रदेशमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ३३६ ९आइतबार बिहानसम्म० पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म १३ हजार २७३ निको भएर आआफ्ना काममा फर्केका निमित्त निर्देशक झाले जानकारी दिनुभयो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: