डोटी । जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान आयोग (युजिसी) पूर्व प्रमुख प्रा डा त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । बज्राचार्य नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मलासीलगायत सरोकारवालासँग भर्चुअल मिटिङसमेत गरिसकेको छ ।
तत्कालीन शिक्षामन्त्री धनीराम पौड्यालले डोटी, बर्दिवास, चितवन र दाङमा इन्जिनीयरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न विश्व विद्यालय अनुदान आयोगलाई बजेट बिनियोजन गराएका थिए । सोहीअनुरूप अहिले डोटीमा पनि प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना गरिन लागेको डोटी क्याम्पसका सहप्राध्यापक हर्कबहादुर कलेलले जानकारी दिए।
इन्जिनीयरिङ कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन टोलीका संयोजक हरि रोक्का नेतृत्वको टोलीले डोटी क्याम्पस र सेती प्राविधिक शिक्षालय दिपायलमा इन्जिनीयरिङ कलेज स्थापना गर्न सकिने सुझाव दिएको छ । दोस्रो चरणको सम्भाव्यता अध्ययन गर्नका लागि विश्व विद्यालय अनुदान आयोग (युजिसी) का सदस्य डा विकास अधिकारीको नेतृत्वको टोलीले डोटी क्याम्पस र सेती प्राविधिक शिक्षालयमा भएका पूर्वाधार प्रयोग गर्न सकिए पनि उक्त शैक्षिक संस्थामा इन्जिनीयरिङ कलेज सञ्चालनका लागि नीतिगत समस्या रहेका कारण नसकिने सुझाव दिएको छ ।
कसरी सञ्चालन गर्ने सम्बन्धमा फरक मत भए पनि डोटीमा इन्जिनीयरिङ कलेज स्थापनाको राम्रो सम्भावनाका साथै उपयुक्त स्थान रहेको भनेर दुवै समितिले सरकारलाई सुझाव दिएको दिपायल सिलगढी नगर प्रमुख मलासीले जानकारी दिए। इन्जिनीयरिङ कलेजका लागि पूर्वाधारको अवस्थाका बारेमा अध्ययन गर्नका लागि विश्व विद्यालय अनुदान आयोग (युजिसी) पूर्व प्रमुख प्रा डा बज्राचार्य नेतृत्वको टोली फेरी डोटी आउने तयारी रहेको बताइएको छ । इन्जिनीयरिङ कलेज निर्माणका लागि एशियाली विकास बैंक, विश्व बैंक र अष्टे«लियन एडको सहयोग रहेको बताइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: