Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

म सुरुमा आगन्तुक भएँ, अब मधेशी परिवारको अंग बन्ने क्रम सुरु भयो: गगन थापा

खबरडबली संवाददाता

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश झरेर चुनावी अभियान सुरु गर्दा आफू सुरुमा “आगन्तुकजस्तो” देखिएको भए पनि अहिले मधेशी परिवारको अंग बन्ने प्रक्रिया सुरु भइसकेको बताएका छन्।

शनिबार सर्लाही-४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा सभापति थापाले भने “म यहाँ आउँदै गर्दाखेरी आगन्तुक जस्तो भएर आएको छु। गाउँ नयाँ, ठाउँ नयाँ, धेरै कुरा नयाँ। पहिरन नयाँ, खाना नयाँ। तर यो मेरो र म यो परिवारको अंग बन्ने क्रम सुरु भइसक्यो। किनभने म त्यो नाता जोड्नकै लागि आएको हो।”

थापाले आफू पार्टी सभापति भएपछि काठमाडौंमै सहजतापूर्वक चुनाव जित्न सकिने भए पनि नयाँ सोच र सन्देश लिएर मधेश आएको दोहोर्‍याए। उनले कांग्रेसको नेतृत्व मधेशबाटै स्थापित हुनुपर्ने आवश्यकता महसुस गर्दै सर्लाहीबाट उम्मेदवार बनेको बताए।

उनले ऐतिहासिक प्रसंग सम्झँदै बीपी कोइरालाले २०३६ सालको जनमत संग्रहपछि मधेशमा बसोबास गर्ने नागरिकलाई नागरिकता दिनुपर्छ भन्ने सुझाव दिएको स्मरण गराए।

थापाले भने “मधेशमा कांग्रेस आगन्तुक होइन, कांग्रेस मधेशको अंग हो। कांग्रेसको जरा यहीँ छ। यसकारण कांग्रेसको नेतृत्व नै कांग्रेसले गर्नुपर्ने हो।”

उनको यस वक्तव्यले मधेशमा कांग्रेसको ऐतिहासिक सम्बन्ध र आगामी रणनीतिक विस्तारलाई जोड दिएको विश्लेषकहरूले बताइरहेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्य सञ्चालनमा युवाको बढ्दो सहभागिता उत्साहजनक : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई उत्साहजनक बताएका छन्। उनले एकातर्फ युवाको भूमिकालाई सक...

सशस्त्र प्रहरीलाई व्यावसायिक र दक्ष बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...

प्रधानमन्त्रीको भारत भ्रमणको निम्तो आइसकेको छ, यद्यपि मिति तय भएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो आएको बताएका छन्। सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्...

कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक वैशाख २ मा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गतेका लागि बोलाएको छ। अनुशासन समितिका सचिव दिनेश...

प्रशासकीय अधिकृत र आरके कन्स्ट्रक्सन सञ्चालकविरुद्ध अख्तियारद्वारा मुद्दा, जनही २२ लाख ४४ हजार बिगो माग

काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...

बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्री शाह छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...

जलेश्वरमा सांसद अमरेश सिंहविरुद्ध आफ्नै पार्टी कार्यकर्ताको गरे नाराबाजी

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...

चर्को आलोचना भएपछि गृहमन्त्री गुरुङले हटाए सम्पत्ति विवरणबारे लेखेको पोस्ट

काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...

संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending