Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कोरोनाभाइरसबाट मेक्सिकोमा ९० हजार र अर्जेन्टिनामा ३० हजार बढीको मृत्यु

मेक्सिको सिटी । मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमितको ज्यान गएको छ ।

मन्त्रालयका प्रवक्ता लुइज अलोमियाले मेक्सिकोमा हालसम्म ९ लाख ६ हजार व्यक्ति संक्रमित भइसकेको बताउँदै यी संंक्रमितमध्ये ९० हजार ३०९ जनाको मृत्यु भएको जानकारी दिए ।
उनले पछिल्लो २४ घण्टामा ५ हजार ५९५ जना नयाँ संक्रमित थपिएको पनि बताए ।

यसैबीच, दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार ७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३४५ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार अर्जेन्टिनामा हालसम्म ११ लाख ३० हजार ५३३ जना संक्रमित भएकामा ९ लाख ३१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । अर्जेन्टिनाको सबैभन्दा ठूलो शहर ब्यूनस आयर्समा मात्र ५ लाख ४० हजार व्यक्तिमा संक्रमण देखिएको छ ।

मन्त्रालयले कोरोनाभाइरसका कारण गम्भीर स्वास्थ्य अवस्था रहेका पाँच हजार व्यक्तिको हाल सघन उपचार कक्षमा राखेर उपचार भइरहेको जनाएको छ । अर्जेन्टिनामा गत मार्च ३ मा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ४ करोड ४३ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने ११ लाख ७० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: