कास्की । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा समेत खेलकूदका भौतिक पूर्वाधार निर्माण गरिएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय सरकारले खेल पूर्वाधार निर्माणमा लगानी गरेका हुन् । ग्रामीण क्षेत्रमा विद्यालयका खेल मैदानलाई समेत स्तरोन्नति गरी फुटबल तथा भलिबल खेल खेल्न योग्य बनाइएको छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बजेटबाट गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका विभिन्न १६ खेल मैदान निर्माण तथा स्तरोन्नति गरिएका जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।
ती पूर्वाधारका लागि गत वर्ष रु दुई करोड २० लाख हाराहारीमा लगानी भएको बताइन्छ । भलिबल, फुटबललगायतका खेललाई प्राथमिकता दिएर पूर्वाधार निर्माण भइरहेको उनको भनाइ छ । उनले भने, “सरकारले विद्यालयस्तरदेखि नै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य लिएको छ, सोही अनुसार सम्भाव्य स्थलदेखि विद्यालयका खेलमैदानसमेत स्तरोन्नति गरेर गाउँ गाउँमा पूर्वाधार निर्माण भइरहेका छन् ।”
पोखरा महानगरपालिका–२३ बाम्दीमा रु ५० लाख लागतमा भलिबल कोर्टसहित एक हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ । कोर्ट निर्माणबाट खेलकूद गतिविधि बढ्ने विश्वास जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले बताए । उनले भने, “पोखरा महानगरकै वडा भए पनि दुर्गम क्षेत्रमा निर्माण गरिएको भलिबल खेल पूर्वाधारले गाउँमा समेत खेलकूदको माहोल बढाउने विश्वास लिएका छौँ ।” भलिबल कोर्ट निर्माणमा वडा कार्यालयले जमिन उपलब्ध गराएको र स्थानीयवासीले श्रमदान गरेको बताइन्छ ।
त्यसैगरी पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ को घान्द्रुकमा आइअल्टिच्युड खेल मैदान निर्माण गरिएको छ । राखेपले गत वर्ष उपलब्ध गराएको रु ५० लाख बजेटबाट सो मैदान निर्माण गरिएको हो । घान्द्रुकको मेश्रम बराह माध्यमिक विद्यालयको खेल मैदान स्तरोरन्नति गरी हाइअल्टिच्युड फुटबल मैदान निर्माण गरिएको हो । उच्च पर्वतीय खेलकूदका माध्यमबाट खेल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।
जिल्ला खेलकूद विकास समितिका अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा रु १५ लाख लागतमा खेलमैदान निर्माण गरिएको छ । अन्नपूर्णकै वडा नं १ को सिर्जना माविमा रु आठ लाखमा खेलमैदान, पोखरा–१४ मझेरीपाटनमा रु आठ लाख लगानीमा सामुदायिक व्यायामशाला, पोखरा–३१ मा रु आठ लाखमा बेगनास खेलकूद मैदान, पोखरा–१६ मा रु आठ लाख लागतमा बाटुलेचौर खेल मैदान र पोखरा–३३ को शिशु कल्याण माध्यमिक विद्यालयमा खेल मैदान स्तरोन्नति गरिएको छ ।
यसैगरी पोखरा–२१ र पोखरा–१३ मा रु आठ÷आठ लाख लगानीमा खेल मैदान निर्माण गरिएको छ । पोखरा–२४ र पोखरा–१८ सराङकोटस्थित शान्त माध्यमिक विद्यालयमा रु पाँच÷पाँच लाख लागानीमा खेल मैदान निर्माण गरिएको बताइन्छ ।
पोखरा–२२ को उल्लेखरी खेल मैदान, वडा नं १८ मा सेती खेलमैदान, माछापुच्छ«े–२ मा गैराखरी र पोखरा–१९ को काउरे खेल मैदानका लागि रु आठ/आठ लाख लगानी भएको कार्यालय प्रमुख बरालले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: