Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

एकिकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता

सिन्धुपाल्चोक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मेलम्ची नगरपालिकाबीच लगानी साझेदारीसहित चक्लाबन्दीमा एकिकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । परियोजनाका प्रमुख प्रकाश पौडेल र नगरपालिकाका प्रमुख डम्बर अर्यालबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कृषि आधुनिकीकरणका लागि यान्त्रीकरण मैत्री गह्रा सुधारलगायत बाँझिएका जग्गाहरुमा चक्लाबन्दी गर्न सकिने सम्भाव्यताको समेत अध्ययन भएको छ । निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक बनाई उत्पादन वृद्धि गर्न सञ्चालित जमीन चक्लाबन्दी कार्यक्रम नगरपालिकामा पनि सञ्चालन हुने भएको हो । भूमिको बढ्दो खण्डीकरण एवं जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम शुरु गरिएको नगरपालिकाले जनाएको छ । यसबाट खेतीबाली लगाउन सहज हुनुका साथै कम लागतमै उत्पादन वृद्धि हुने विश्वास गरिएको छ ।

कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेतीका माध्यमबाट टुक्रे उत्पादनको प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको लक्ष्य अनुरुप यस नगरपालिकामा पनि सो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख डम्बर अर्यालले बताए । खेतीयोग्य भूमिलाई अन्य प्रयोजनको लाागि अतिक्रमित हुन नदिई त्यस्तो भूमिको जगेर्ना गर्ने, जग्गा बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृतिलाई निरुत्साहन गर्ने तथा रोजगारीको अवसर सिर्जना गर्न चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: