काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सजगतासाथ तिहार मनाउन विज्ञहरूले सुझाव दिएका छन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ - चाडपर्वको समयमा एकै ठाउँमा धेरै जना जमघट गर्दा संक्रमण थप फैलिने भएकाले सावधानी अपनाउन उनीहरूले सुझाएका हुन् । सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाका अनुसार पर्वको समयमा विशेष गरी बालबालिका र वृद्धवृद्धाले बढी सावधानी अपनाउन आवश्यक छ ।
‘बच्चाहरू शंकास्पद संक्रमित र जोखिम वर्ग दुवैसँग घुलमिल हुन्छन्,’ उनले भने, ‘संक्रमणका हिसाबले बालबालिका त्यति जोखिममा छैनन् तर उनीहरूले एकबाट अर्कामा सजिलै रोग सार्ने भएकाले धेरै घुलमिल नगर्दा राम्रो ।’
देउसीभैलो नखेल्न र टीका लगाउन नातेदारकहाँ नजानसमेत उनले युवा र बालबालिकालाई आग्रह गरे, ‘यसपालि जहाँ छौं, त्यहीं बसेर सावधानीसाथ तिहार मनाऔं ।’ संक्रमणको समयमा खानपानमा समेत ध्यान दिनुपर्ने उनले बताए । ‘भाइरसमुक्त भए पनि शरीर पहिले जस्तो हुँदैन, जुनसुकै अंगमा असर गरेको हुन सक्छ,’ डा. बाँस्तोलाले भने, ‘यस्तो बेलामा मद्यपान र धूमपानले ती अंग थप बिगार्न सक्छ, अन्य खानेकुरा भने बार्न जरुरी छैन ।’
जनस्वास्थ्यविद् डा. समीरमणि अधिकारीले संक्रमणको समयमा तिहारलाई फरक तरिकाले मनाउन सुझाए । ‘तिहारमा बालबालिका र युवा बढी संलग्न हुने भएकाले दसैंमा जस्तो धेरै जोखिम छैन,’ उनले भने, ‘भौतिक दूरी कायम गरेर टीका लगाउन, कुराकानी गर्न मिल्छ,’ उनले भने, ‘वृद्धवृद्धाको नजिक धेरै नबस्ने, बस्नै परे कोठा खुला राख्ने गर्नुपर्छ ।’
घरमै संक्रमित भए सकेसम्म आइसोलेसनमै बस्ने र टीका लगाउने, भोज खाने जस्ता सांस्कृतिक माहोलमा मिसिन नहुने उनले बताए । ‘घरमै बसेका संक्रमितलाई सास फेर्न गाह्रो भए वा छाती दुखे चाड सकिने प्रतीक्षा गर्नु हुँदैन,’ उनले भने, ‘सक्दो चाँडो अस्पताल जानुपर्छ या स्वास्थ्यकर्मीको सल्लाह लिइहाल्नु पर्छ ।’
कोरोना संक्रमण समुदायमा फैलिसकेकाले सकभर घरभित्रै चाड सीमित राख्नुपर्ने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘भीड गर्दा संक्रमण फैलिने जोखिम छ भन्दाभन्दै दसैंमा लापरबाही भयो र संक्रमण झन् बढ्यो,’ उनले भने, ‘तिहारमा पनि उस्तै व्यवहार गर्ने हो भने संक्रमण अझै अनियन्त्रित हुन्छ ।
त्यसैले मास्क नफुकाली खुला ठाउँमा बसेर टीका लगाउनुपर्छ, एकै ठाउँमा भेला भएर खाना खानु पनि हुँदैन ।’ परिवारमा कसैलाई रुघाखोकी मात्रै लागेको छ भने मौसमी फ्लू भनेर नझुक्किन र कोरोनाकै लक्षण मानेर क्वारेन्टाइनमा बस्न समेत उनले सुझाव दिए ।
संक्रमितको संख्या बढ्दै गएर शनिबारसम्म २ लाख ८ हजार २ सय ९९ पुगिसकेको छ । २४ घण्टामा मुलुकभर १ हजार ९ सय ४६ जना संक्रमित थपिएका छन् भने उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सरकारले लक्षण भएका कोरोना संक्रमितको मात्रै निःशुल्क परीक्षण र उपचार गर्ने भएको छ । निःशुल्क सेवा सरकारी अस्पताल र प्रयोगशालामा मात्रै उपलब्ध हुनेछ । आइसोलेसन सेन्टरमा बस्नेले शुल्क तिर्नुपर्ने वा नपर्ने भन्नेमा स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छैन ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: