Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

तनहुँमा निःशुल्क पशु बीमा कार्यक्रमको शुरुआत

दमौली । तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुआत भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम शुरुआत गरिएको हो ।

चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको रु ९० लाख बजेटमार्फत कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । “यसअघि जिल्लाभित्रका पशुपालक कृषकले पशुपक्षी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पथ्र्यो,” उनले भने, “अब यो कार्यक्रम लागू भएसँगै किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।” बीमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम रु एक करोडसम्मको बीमा गराएबापत लाग्ने खर्च कार्यालयले व्यहोर्ने प्रमुख डा श्रेष्ठले जानकारी दिए ।

बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशु वस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने उनले जानकारी दिए । “किसानले बीमा कम्पनीमार्फत् पशु वस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि किसानले बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैँक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ,” उनले भने, “त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौँ ।”

आर्थिक वर्ष ०७६/७७ मा ३६ हजार ४२१ पशुपक्षीको बीमा गरिएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष जिल्लामा रु ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको पशुको बीमा गरिएको छ ।

चालु आर्थिक वर्षदेखि बीमा निःशुल्क हुने भएपछि यसतर्फ कृषकको थप आकर्षण बढ्ने भएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताए । “पशुको मृत्यु भएको खण्डमा बीमामार्फत् राहत पाइन्छ, जसले गर्दा कृषकलाई मद्दत पुग्छ,” उनले बताए, “मैले विगत सात वर्षदेखि गाईको बीमा गराउँदै आएको छु ।”

चालु आर्थिक वर्षदेखि ती बीमा निःशुल्क हुने भएपछि कृषकलाई राहत मिल्ने उनले बताए । “चालु आर्थिक वर्षदेखि कृषकले बेहोर्नुपर्ने २५ प्रतिशत पनि सरकारले नै बेहोर्ने भएपछि कृषकलाई उत्साह मिलेको छ,” उनले बताए । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले भने ग्रामीण भेगमा अझै पनि पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: