पाँचथर । कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उनको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् । उनीहरूले भारतसंँगको सीमाक्षेत्रमा आफूहरूले पाएका दुःखबारे प्रधानमन्त्रीलाई अवगत गराउन चाहेका थिए । तीनतीन पटक प्रयास गर्दा पनि प्रधानमन्त्री चढेको हेलिकोप्टर कार्यक्रमस्थल पुग्न सकेन ।
इलामको सन्दकपुर गाउँपालिका–५ का नुपु शेर्पा अतिथिको स्वागत, सत्कार तथा प्रधानमन्त्रीको आगमनलाई भव्य बनाउन एक सातादेखि तल्लीन थिए । शेर्पाजस्तै इलामका माइजोगमाई तथा सन्दकपुर गाउँपालिकाका सयौँ बासिन्दा प्रधानमन्त्रीलाई भेट्न सोमबार मध्याह्न १२ बजेदेखि सन्दकपुर–५ जौबारीमा प्रतीक्षा गरिरहेका थिए । प्रधानमन्त्रीको स्वागतका लागि इलामका अन्य भूभागसहित छिमेकी जिल्ला पाँचथर र झापाका बासिन्दासमेत जौबारी पुगे पनि मध्याह्न १२ बजेका लागि निर्धारित कार्यक्रमका प्रधानमन्त्री आउन सक्नुभएन ।
हुस्सु र चिसो सिरेटो सहँदै खुला चौरमा बसेका स्थानीयवासी प्रधानमन्त्रीलाई न्यानो स्वागत गर्न हातमा फूल, माला र खादा लिएर तम्तयार बसेका थिए । उनीहरु प्रधानमन्त्री स्वयंले सुनेका खण्डमा दुर्गम क्षेत्रका समस्या हल हुनेमा आशावादी देखिन्थे । आयोजकहरुले अपराह्न ३ बजे प्रधानमन्त्री मौसम प्रतिकूलताका कारण आउन नसकेको जानकारीे गराएका थिए ।
जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जौबारी आउने प्रधानमन्त्रीको दृढ इच्छा रहेको तर हेलिकोप्टर अवतरण गराउन नसकिएको बारे स्थानीयवासीलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेका प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्थानीयवासीलाई प्रधानमन्त्रीले आफूले चाहेर पनि आउन नसकेको सन्देश पठाउनुभएको सुनाए। यही मङ्सिर ५ र ७ गतेका लागि तय भई स्थगन भएको प्रधानमन्त्रीको जौबारी भ्रमण सोमबारका लागि तय भएको थियो । मन्त्री कार्कीले कार्यक्रम सफल बनाउन नसकेकामा दुःख व्यक्त गर्दै चाँडै प्रधानमन्त्रीलाई लिएर आउने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्रीले हेलिकोप्टरबाटै भारतसँग सीमा जोडिएको इलामको सन्दकपुर क्षेत्रको अनुगमन गर्ने, जौबारीमा स्थापित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बिओपी० निरीक्षण गर्ने, स्थानीयवासीका समस्या, गुनासा तथा सुझाव सुन्नेलगायत कार्यक्रम तय भएका थिए । यी कार्यक्रमपछि प्रधानमन्त्री ओली, कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, मुख्यमन्त्री शेरधन राईलगायतले मन्तव्य राख्ने कार्यक्रम तय गरिएको थियो ।
विशेषतः स्थानीयवासी प्रधानमन्त्रीलाई सीमा क्षेत्रमा भारतीय पक्षबाट पटकपटक पाउने गरेका दुःख सुनाउन चाहन्थे । भारतीय पक्षले सीमा अतिक्रमण र नेपालतर्फ पर्यटकीय संरचना निर्माणमा अवरोध गर्दै आएको स्थानीयवासीको भनाइ छ । यस्तै सन्दकपुर, जौबारी, जौबारी–फाटक, थुम्केलगायत क्षेत्रको पर्यटकीय विकासमा लगानी गर्नुपर्ने, कृषि उपजको उचित मूल्य र बजार सुनिश्चितता गर्नुपर्ने, अन्य पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गर्नुपर्ने जस्ता माग लिएर स्थानीयवासी आएका थिए । यहाँका विभिन्न निकाय तथा संस्थाले तयार पारेका माग सोमबार नै आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीमार्फत प्रधानमन्त्रीसमक्ष पठाइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: