Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साढे सात अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ । बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै पुगेको छैन, कारोवार रकमसमेत नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १८.४३ बिन्दुले उकालो लागेर एक हजार ८९३.२४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले वृद्धि भई ३६५.१८ मा पुगेको छ । साताको शुरुआतदेखि नै उकालो लागेको नेप्से आज साताको अन्तिम दिनमा उकालो लागेर नै बन्द भएको छ ।

कूल २०१ कम्पनीको एक करोड ७१ लख ८८ हजार ९९ कित्ता शेयर रु सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ मूल्यमा कारोवार भयो । स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३७.७६, जलविद्युत् ६.८२, उत्पादन ०.०९, अन्य १५.३६ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार १३०.६६, होटल ४३.६५, विकास बैंक ८.३५, वित्त ५.८७, निर्जीबन बीमा १६५.०१, लघुवित्त १६.६५, जीवन बीमा १३४.३२ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड १३ लाख १७ हजार १७८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, नविल बैंक रु ३८ करोड ३४ लाख ४१ हजार ४०१, शिवम् सिमेन्ट रु २८ करोड ९१ लख ९५ हजार ५३२, नेपाल दूरसञ्चार कम्पनी रु २८ करोड २७ लाख ३८ लाख १३०, नेपाल बैंक लिमिटेड रु २५ करोड ५१ लाख ६८ हजार ३०, प्रभु बैंक रु २२ करोड ७४ लाख २५ हजार ४६०, हिमालयन डिस्टिलरी रु २२ करोड १२ लाख ६४ हजार १३५, नेपाल लाइफ इन्स्योरेन्स रु २१ करोड ८७ लाख ८७ हजार र कुमारी बैंक रु १७ करोड ६३ लाख १४ हजार ७५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

आज कारोवार भएकामध्ये ४८ कम्पनीको शेयर उकालो लागेको छ भने ११७ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै, सात कम्पनीको शेयर भने स्थिर रहेको छ । कारोवारका आधारमा एनएमबी माइक्रोफाइनान्स १०, पाँचथर पावर कम्पनी ९.९५, हिमालयन ऊर्जा विकास कम्पनी ९.७९, आँखु खोला जलविद्युत् कम्पनी ९.५९, नविल बैंक ८.८६, कुमारी बैंक ६.५६, नेपाल बङ्गलादेश बैंक ५.६२, चिलिमे जलविद्युत् कम्पनी ५.४१ र नेपाल पुनरबीमा कम्पनीका लगानी कर्ताले ५.१० प्रतिशतले कमाए । यस्तै, साल्ट टेडिङ कर्पोरेशन ६.१८, ङादी ग्रुप अफ पावर ५.८८, बोटलर्स नेपाल तराई ५.६७, सांग्रिला डेभलपमेन्ट बैंक ५.३४, मल्टीपर्पोज फाइनान्स कम्पनी ४.९२, कर्णाली डेभलपमेन्ट बैंक ४, रिडी हाइड्रोपावर ३.९३ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: