Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सशस्त्र प्रहरीका बाहिनीपतिको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका उपत्यका र विभिन्न जिल्लाका बाहिनीपतिको सरुवा गरिएको छ । बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयानुसार नौ सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतलाई बाहिनीपतिका रुपमा काज सरुवा गरिएको सशस्त्र प्रहरी बल नेपालले आज एक सूचना जारी गरी जनाएको छ ।

प्राप्त विवरणअनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता राजु अर्याललाई सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय खटाइएको छ ।

यस्तै सशस्त्र प्रहरीको मानव स्रोत विभागका सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेललाई नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, सप्रनाम चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभागबाट नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरी पठाइएको छ ।

सप्रनाम कृष्णभक्त बज्राचार्यलाई छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका हरिशङ्कर बुढाथोकीलाई पनि कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।

यस्तै सप्रनाम हरिश्चन्द्र अधिकारीलाई नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट मानव स्रोत विभागमा र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अभिकुमार खत्रीलाई नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँबाट नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा निमित्त बाहिनीपतिका रुपमा सरुवा गरिएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: