Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

पूर्वमन्त्री जोशीद्वारा काठमाडौँ क्षेत्र नं ८ मा स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले काठमाडौँ क्षेत्र नं ८ का जनतालाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

कोभिड–१९ को महामारीबीच घरदैलो अभियानमा निस्कीएका नेता जोशीले आज चागल क्षेत्रमा पुगेर त्यहाँका जनतालाई निःशुल्क मास्क, स्यानीटाइजर, अक्सिमिटर र औषधि वितरण गरेका हुन् ।

गणेशमान अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता जोशीले कोरोनाको महामारीको समयमा जनताको समस्या बुझ्न घरदैलो अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले यसअघि सोल्टीमोड, कालिमाटी, रविभवन, स्वयम्भू, मिलिजुली टोल र शान्तिनगर क्षेत्रका बासिन्दालाई घर घरमा पुगेर आवश्यक परामर्श गर्नुका साथै स्वास्थ्य सामग्री वितरण गरिसकेका छन् ।

ृउनले घरदैलो अभियानअन्तर्गत सङ्क्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने तथा बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा २४ सै घण्टा सेवा सञ्चालन गरिएको जानकारी दिए ।

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे, डा भूपेन्द्र बस्नेतलगायत विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको छ । कोरोना महामारी नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने प्रतिष्ठानले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy