कर्णाली । तिलागुफा नगरपालिका–४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । “आगलागीबाट त्यस्तो कुनै मानवीय क्षति भएको छैन,” प्रहरी नायब उपरीक्षक शाहले भने, “दुई पशुको मृत्यु र एउटा घाइते भएको छ ।”
दलित बस्तीमा आगलागी भएको खबर पाउनेबित्तिकै शनिबार नै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी हेलिकप्टरबाट खाद्य तथा लत्ताकपडा लिएर घटनास्थलमा पुगेका थिए । आगलागीबाट घरबासविहीन १३ परिवारलाई कम्बल, सिरक, तन्ना, म्याट्रेसलगायतका लत्ताकपडा, भाँडाकुँडा र केही खाद्यान्न उपलब्ध गराइएको कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
स्थानीय बिउरी विकको धुवाँरहित फलामको चुल्होको पाइपबाट निस्केको आगोको झिल्को त्यसैसँग जोडिएको घरको काठ तथा खरको छानामा परेपछि आगलागी भएको प्रहरीले जनाएको छ । विस्थापित १३ घरपरिवारलाई अहिले तत्काल छिमेकीको घरमा व्यवस्थापन गरिएको र केही समयपछि स्थानीय तथा प्रदेश सरकारको सहयोगमा पुनःस्थापन गरिने तिलागुफा नगरपालिकाका प्रमुख रत्नबहादुर शाहीले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: