Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मध्यपहाडी राजमार्गको कास्की खण्डमा कालोपत्रे शुरु

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल(मध्य पहाडी) राजमार्ग आयोजनाको कास्की खण्डमा कालोपत्रे शुरु गरिएको छ । कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीदेखि माछापुच्छ« गाउँपालिका–७ को घट्टेखोला खण्डमा निर्माण कम्पनीले सुइखेतबाट कालोपत्रेको काम आरम्भ गरेको हो ।

मध्यपहाडी राजमार्ग साविकको पोखरा–बागलुङ राजमार्ग हुँदै जाने भएपछि दुई लेनको पिच सडक भत्काएर विस्तार शुरु गरिएपछि बर्खामा हिलो र हिउँदयाममा धुलोको समस्याबाट आजित बनेका हेमजावासी कालोपत्रेको काम शुरु भएसँगै खुशी भएका छन् । कालोपत्रे गर्न थालनीपछि हेमजावासी, माछापुच्छ« गाउँपालिका र अन्नपूर्णका नागरिकसहित राजमार्ग भएर यात्रा गर्ने साविकको धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कास्की खण्डअन्तर्गतको साढे ३७ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर रु दुई अर्ब ९३ करोड ६६ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो । याम्दीदेखि घट्टेखोलासम्मको १२ किमी सडकमा अहिले ‘अस्फाल्ट’ कङ्क्रिट प्रविधिबाट सडक कालोपत्रे गर्न शुरु गरिएको पुष्पलाल(मध्यपहाडी)राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिीनयर अनन्त बरालले बताए। हाल सुइखेतबाट कालोपत्रेको काम अघि बढाइएको छ ।

उनले भने, “यस खण्डमा विभिन्न कारणले काममा ढिलाइ हुँदा धेरै जनगुनासा आएका थिए । हामीले शनिबारदेखि सडक कालोपत्रे गर्न शुरु गरेपछि विस्तारै गुनासा कम हुँदै जानेछ । यही आर्थिक वर्षभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेका छौँ ।”

सुइखेत क्षेत्रबाट अस्फाल्ट कालोपत्रेको काम शुरु भएसँगै तल्लो क्षेत्रमा सडक समथर बनाउन(बेस बिछ्याउने)काम समेत समानान्तररूपमा काम भइरहेको इञ्जिनीयर बरालले बताए । यस आयोजनाको काम गत भदौ समान्तभित्रमै सम्पन्न हुनुपर्ने हो तर निर्माण कम्पनीको ढिलासुस्ती तथा खानेपानी र बिजुलीका पोल स्थानान्तरणलगायतका प्राविधिक समस्याले आयोजनामा ढिलाइ भएको बताइन्छ ।

निर्धारित समयभित्रमा यस खण्डमा काम नसकिएपछि निर्माण कम्पनीले म्याद थपका लागि सडक विभागसमक्ष आग्रह गरेको बताइन्छ । याम्दीदेखि सुइखेतसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतबाट घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा कामको जिम्मा पाएका थिए । तीन वर्षमा सम्पन्न गर्ने गरी विसं २०७४ मा यस खण्डको निर्माण सम्झौता भएको थियो ।

यसैगरी घट्टेखोलाबाट कास्की पर्वत सीमा नयाँपुलसम्मको २५ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्सनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ ठेक्का सम्झौता गरिएको थियो । यस खण्डमा भने सबै काम सकिएको र सडक हस्तान्तरण गर्न मात्र बाँकी रहेको मध्यपहाडी राजमार्ग आयोजनाले जनाएको छ ।

राजमार्ग छ लेन (३० मिटर) चौडाइ तथा तीन मिटरको डिभाइडर(मेडियन) तथा दायाँ बायाँ दुई÷दुई मिटरको नाला निर्माण हुनेछ । पहाडी भूगोलका कारण घट्टेखोलाबाट नयाँपुलसम्म भने दुई लेनको हुनेछ । याम्दीबाट घट्टेखोलासम्मको कामको जिम्मा पाएको निर्माण कम्पनी स्वच्छन्द इलाइट जेभीका निर्देशक राजु रानाभाटले विविधि कारणले काममा ढिलाइ भए पनि अब कालोपत्रेको काम निरन्तर अघि बढ्ने बताए ।

दैनिक २०० देखि २५० मिटर हाराहारीमा अस्फाल्ट कालोपत्रे भइरहेको बताउँदै उनले भने, “केही दिनपछि मौसमले काम १०/१५ दिन रोकियो भने रोकिएला नत्र हामी निरन्तर काम गर्छौं र चैत महिनाभित्रमा सम्पन्न गर्छौं ।” आयोजनामा हाल दैनिक २०० मजदुरले काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।

सरकारले मध्यपहाडी लोकमार्गको काम विसं २०६५/०६६ देखि शुरु गरेको हो । नेपाल–भारत सीमा पाँचथरको चियो भञ्ज्याङबाट शुरु भई पश्चिम पहाडी जिल्ला बैतडीको झुलाघाट (महाकाली नदी) सम्म गएर टुङ्गिने यस राजमार्ग एक हजार ८७९ किलोमिटर लामो छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: