Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

जनतालाई सही सूचना दिऔँ, पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा आइतबार आयोजित ‘इन्जा ग्लोबल मिडिया कन्फरेन्स २०२०’ विश्व सम्मेलनमा उनले जनतालाई सही सूचना प्रवाह गरी पत्रकारिता क्षेत्रको गरिमा बढाउने पाटोमा विशेष ध्यान पुर्याएर काम गर्न सञ्चार जगत्लाई सुझाव दिए ।

भर्चुअल माध्यममा भएको सम्मलेनमा मन्त्री गुरुङले भने, “जनतालाई जागृत र सुसूचित गर्दै पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ, समाजमा रहेका अनियमिता, बेथितिलाई अन्त्य गरौँ, सूचना कपोकल्पित र तथ्यहीन ढङ्गबाट प्रवाह नहोस् ।”

परम्परागत सोच र दृष्टिकोणबाट पत्रकारिता क्षेत्र रूपान्तरित हुनुपर्नेमा जोड दिँदै उनले भने, “सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व हो । आग्रह र पूर्वाग्रबाट नभई ‘मिसन’ पत्रकारिताका लागि रूपान्तरित सोच बनाउनुपर्छ ।” विश्वमा छरिएर रहेका नेपाली पत्रकारलाई एकीकृत गर्दै सङ्कटमा परेका पत्रकारको हकहित र व्यावसायिक लागि इन्जाले पुर्याउँदै योगदानका मन्त्री गुरुङले प्रशंसा गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्र, मानवअधिकार, विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लड्दै आएको नेपाली पत्रकारिता निकै जिम्मेवार रहेकाले यस क्षेत्रलाई थप व्यावसायिक मर्यादित तुल्याउन काम गरिरहेको बताए ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले कोभिड–१९ बाट नेपालमा तीन हजार १०० पत्रकारले रोजगार गुमाएका, पाँच जनाको ज्यान गएको तथा ४०० जना सङ्क्रमित भएको जानकारीमूलक तथ्याङ्क प्रस्तुत गर्दै स्वच्छ र मर्यादित पत्रकारितालाई अनुशरण गर्न सबैसँग आग्रह गरे ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले त्यसै पनि नियमित पारिश्रमिक नपाइरहेका पत्रकारलाई कोभिड–१९ ले थप समस्या सिर्जना गरेकाले अप्ठेरोमा परेका सञ्चारकर्मीलाई सहयोग पुर्याउन आवश्यक रहेको बताए ।

आयोजक संस्था इन्जाका अध्यक्ष गुणराज लुइँटेल र उपाध्यक्ष एवं साहित्यकार विष्णु शीतलले सामाजमा देखिएका विसङ्गति र बेथितिका विरुद्ध व्यवसायिकता र इमान्दारीको सन्देश लिएर इन्जा गाउँ–बस्तीमा पुर्याउन अघि बढ्ने क्रममा सम्मेलन गरिएको बताए ।

सो अवसरमा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सम्मेलनका लागि शुभकामना दिए भने कवयित्री सरु गुरागाईँले सञ्चार चेतनाको शक्ति भन्ने भावको कविता वाचन गरे । इन्जा एशियाका अध्यक्ष टङ्क पन्तले कोभिड–१९ बाट सिर्जित समस्याबाट अप्ठेरोमा परेको पत्रकारलाई संस्थाले लेखनवृत्तिलगायतको माध्यमबाट सहयोग पुर्याउँदै आएको जानकारी दिए ,

घमराज लुइँटेल र विष्णु शर्माले कोभिड–१९ को प्रभाव र प्रवृत्ति विषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि विभिन्न वरिष्ठ पत्रकारले टिप्पणी गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: