बागलुङ । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत बागलुङका दुई निर्वाचन क्षेत्रका ६० योजनामा बजेट विनियोजन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सडक, खानेपानी, कृषि, पर्यटन र खेलकूदलगायतका योजनामा बजेट विनियोजन गरिएको हो । विनियोजित योजनामध्ये अधिकांश सडकका योजना छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समानुपातिक सांसद, सम्बन्धित पालिकाका प्रमुख तथा उपप्रभुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखसमेतको बैठकले योजना बाँडफाँट गरेको हो । कार्यक्रमअन्तर्गतको रु आठ करोड बजेटमा यहाँका स्थानीय तहले केही साझेदारी गर्नेछन् ।
विगतका वर्षमा टुक्रे बजेटले उपलब्धि हासिल नहुने भन्दै चार वटा पालिकामा एकमुष्ट बजेटका योजना बनाएको क्षेत्र नं १ ले यो वर्ष टुक्रे योजनामै बजेट बाँडेको छ । बागलुङ निर्वाचन क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकामा ११ योजनामा बजेट विनियोजन गरिएको छ । एघार योजनामध्ये धौलागिरि बहुमुखी क्याम्पसमा इ–लाइब्रेरी, वडा नं १२ मा मदरसा भवन निर्माण र वडा नं ३ मा शहीद पार्क निर्माणको योजना छ भने बाँकी सबै सडक स्तरोन्नतिका योजना छन् ।
जैमिनी नगरपालिकामा छ वटा योजनामा बजेट विनियोजन भएको छ । दुर्लिबेंसी खेलकूद मैदान र बोर जैदी खेलकूद मैदानबाहेक जैमिनीमा पनि बाँकी योजना सडक स्तरोन्नतिका छन् । काठेखोला गाउँपालिकामा नौ योजनामा बजेट विनियोजन गरिएको छ । जसमध्ये दुग्ध उत्पादन सङ्कलन केन्द्र, शीतभण्डार निर्माण, मदन स्मृति पार्क निर्माण, भीमसेन क्याम्पसको भवन निर्माण र केही सडकको स्तरोन्नतिका योजना रहेका छन् ।
बरेङ गाउँपालिकामा चार मात्रै योजनामा बजेट विनियोजन गरिएको छ । बरेङमा तीन सडक र एक आमा समूहको भवन निर्माणको योजना छ । क्षेत्र नं १ मा पर्ने स्थानीय तहको साझेदारीमा विविधता छ । बागलुङ नगरपालिकाले ६०, काठेखोलाले १०, जैमिनीले २० र बरेङ गाउँपालिकाले ३० प्रतिशत साझेदारी गर्ने जनाएका छन् ।
निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने छ स्थानीय तहमा ३० योजनामा बजेट विनियोजन गरिएको छ । ताराखोला गाउँपालिकाले उपलब्धि देखिनेगरी एउटा मात्रै योजनामा स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गतको बजेट उपयोग गर्ने भएको छ ।
ताराखोलामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि कार्यक्रमअन्तर्गत रु ५४ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले अपुग रकम साझेदारी गर्नेछ । गलकोट नगरपालिकामा १० योजना छनोट गरिएका छन् । अधिकांश सडक स्तरोन्नतिका योजना छन् ।
बडीगाड गाउँपालिकामा नौ योजनामा बजेट विनियोजन गरिएको छ । बडीगाडमा विद्यालय भवनदेखि खरको छाना विस्थापन कार्यक्रम प्राथमिकतामा परेका छन् । ढोरपाटन नगरपालिकामा चारवटा मात्रै योजनामा बजेट विनियोजन गरिएको छ । विद्युत्गृह मर्मत, सडक र खानेपानीका योजना प्राथमिकतामा परेका छन् । तमानखोला गाउँपालिकामा दुई योजनामा बजेट विनियोजन गरिएको छ । दुई योजना नै सडकका छन् ।
निसीखोला गाउँपालिकामा पहिरो रोकथाम, विद्यालय भवन मर्मत र सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत निसीखोलामा चार योजनामा बजेट विनियोजन गरिएको छ । “जनताका आवश्यकताका विषयमा छलफल गरेर बजेट बाँडेका छौँ”, प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले भने, “विगतका वर्षमा जस्तो यो वर्ष ठूला योजनामा मात्रै बजेट बाँडेर जान सकिएन्, जनताका गुनासा धेरै आए ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: