Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम साना–साना समूहमा गरिने

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम कोरोना महामारीका कारण साना–साना समूहमा गरिने भएको छ । महाअभियानका मुख्य अभियानकर्मी एवं सरकारका पूर्व मुख्यसचिव, पूर्वराजदूत लीलामणि पौड्यालले समितिको सहकार्यमा ४००औँ हप्ताको कार्यक्रम विशेष बनाउन आग्रह गरे ।

विषम परिस्थितिले ठूलो समूहमा सरसफाइ कार्यक्रम हुन नसके पनि वाग्मती सफाइ अभियानलाई निरन्तरता दिँदै समूह नेता बनाई परिचालन गर्ने गरी त्यसको समन्वयका लागि काठमाडौँ महानगरपालिकाले समेत नेतृत्व लिनुपर्ने उनले बताए । कार्यक्रममा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले वाग्मतीमा हालसम्मको प्रगति, विद्यमान चुनौतीको अवस्थालगायतका विषयमा प्रस्तुतीकरण गरे । प्याकुरेलले सरोकार भएका निकायका बीच समन्वयात्मक ढङ्गबाट अगाडि बढ्ने बताए ।

समितिका कार्यकारी अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले वाग्मती शुद्धीकरणमा सबैको सहयोगको आशा राख्नुहुँदै हालका समस्या समाधान गर्न लागिएको जानकारी दिए । अव्यवस्थित बसोबासलाई नियन्त्रण गर्ने, वाग्मतीको ढल व्यवस्थापन चोभारसम्म पुर्याउने र मुआब्जा दिने कुरामा आफू कटिबद्ध भएर लाग्ने भन्दै उनले त्यसमा सबैको साथ र सहयोगको आवश्यकता हुनुपर्ने बताए ।

सरसफाइको सबै जिम्मा समितिले लिन तयार रहेको तथा कमीकमजोरी र सुझावलाई स्वीकार्दै त्यसको समाधानको बाटोतिर अघि बढ्ने अध्यक्ष तिमल्सेनाको भनाइ थियो । बैठकमा वग्मती सफाइ महाअभियानमा शुरुदेखि लागिररहेका अभियानकर्मी, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वाग्मती सुन्दरता सरोकार मञ्च, तिलगङ्गा महिला समूह, रुद्रमती सफाइ अभियान, विष्णुमती सफाइ अभियान, आलोकनगर सफाइ अभियान, चक्रपथ सफाइ, बल्खुखोला सफाइ अभियान, मनोहरा सफाइ, गोदावरी सफाइ अभियानका अभियानकर्मीले विचार, समस्या एवं वाग्मती नदी र अन्य सहायक नदीको संरक्षण एवं सुधारका सम्बन्धमा सुझाव दिएका थिए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले आगामी पुस २५ गते शनिबार ४००औं हप्ता पूरा गर्दैछ । वाग्मती नदी सरसफाइको प्रेरणाले सफाइ अभियान देशका १०६ भन्दा बढी ठाउँमा एकै समयमा सञ्चालन भइरहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: