Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माणलाई निरन्तरता

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माण शुरु गरेको छ । गत आर्थिक वर्षदेखि शुरु भएको साइकल लेन निर्माणलाई बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।

मुकुन्देश्वरीदेखि रामकोट जोड्ने गरी साइकल लेनको काम पुनः थालिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । गत जेठ महिनामा शुरु गरिएको उक्त काममार्फत गाउँपालिकाले २७ जनालाई रोजगारी दिएको थियो । मङ्गलबारबाट १५ अतिविपन्न श्रमिकलाई उक्त काममा परिचालन गरिएको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले अतिविपन्न श्रमिकलाई माघसम्मका लागि रोजगारी दिइएको जानकारी दिनुभयो । साइकल लेनको विभिन्न स्थानमा साइकल पार्क, पोखरी तथा विश्रामस्थलसमेत निर्माण गरिनेछ ।

गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् । सूचीकृत ३६० मध्ये प्राथमिकता क्रममा परेका अतिविपन्न श्रमिकलाई गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रमअन्तर्गतका आयोजनामा परिचालन गरी रोजगारी प्रदान गर्ने गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले जानकारी दिए । गाउँपालिकामा चालु आर्थिक वर्षमा दातृ निकाय र नेपाल सरकारबाट कूल रु ६८ लाख २५ हजार सःशर्त अनुदान रकम ज्यालामा खर्च गर्ने गरी विनियोजन भएको छ ।

गाउँपालिकाले चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेको ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रमलाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै अगाडि बढाउने तयारी गरेको छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आवमा रु ३० लाख बजेट विनियोजन गरेको छ । बन्दीपुर गाउँपालिका–२ बाट वडा नं ३ रामकोट जोडिने उक्त साइकल लेन चार किमीको हुनेछ । साइकल लेनले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण शुरु गरिएको हो । “साइकल लेन निर्माणपछि राष्ट्रियस्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुनेछ”, गाउँपालिकाका अध्यक्ष थापाले भने ।

गाउँपालिकाले विकासका लागि गुरुयोजना नै बनाएर अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको सोच छ । बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने थापाले जानकारी दिए ।

सोहीबमोजिम गाउँपालिकाले वडा नं २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी गत वर्षदेखि नै पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: