Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

४ करोड २९ लाख लगानिमा शहीद रङ्गशालामा रात्रिकालीन बत्ती जडान

मोरङ । प्रदेश नं १ सरकारले लामो समयदेखि युवा खेलाडीको रात्रि खेलकूद हेर्ने चाहनालाई प्रदेश सरकारले पूरा गरेको छ । विराटनगरको शहीद रङ्गशाला रात्रिकालीन खेलकूद सञ्चालन गर्न निकै अगाडिदेखि माग रहँदै आएकामा प्रदेश सरकारले बिहीबारदेखि सो रङशालामा फ्लड लाइट जडान (रात्रिकालीन बत्ती)को जडान शुरु गरेबाट उनीहरुको इच्छा पूरा गरेको हो ।

सामाजिक विकास मन्त्रालयले रु चार करोड २९ लाखमा गत वर्षको असोज १ गते कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार बटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो । बन्दाबन्दीका कारण भारतबाट सामग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको अमर जेभीले बताएको छ ।

फ्लड लाइट जडानको कार्यको बिहीबार शुभारम्भ गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले शहीद रङ्गशालालाई समयानुकूल अत्याधुनिकरुपमा निर्माण गर्ने बताए । उनले विराटनगरलाई खेलकुदमय नगरको रुपमा विकासका लागि काम सुरु भएको बताउँदै कोभिड–१९ बाट थलिएको खेलकूद गतिविधि चाँडै शुरु गर्ने जानकारी दिए ।

मन्त्री घिमिरेले रङ्शालाको संरचना पुरानो भएकाले यसको सुधार,मर्मत र सुविधा सम्पन्न बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शहीद रङ्गशालाको प्याराफिटको स्तरोन्नतिमा विशेष ध्यान दिइने बताउँदै बैजनाथपुरको अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई चाँडै सम्पन्न गरी नगरलाई खेलकूद केन्द्रका रुपमा विकास गर्र्नुपर्नेमा जोड दिए । लाइट जडानका लागि भारतबाट १० जना प्राविधिक कार्यरत रहेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: