Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

निर्वाचनमा दुई सय ८६ जना बालबालिकाको प्रयोग

खबरडबली संवाददाता

काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले तयार गरेको बालबालिका सम्बन्धी निर्वाचन आचारसहिंता उल्लङघनको संक्षिप्त अनुगमन प्रतिवेदनमा देश भर दुई सय ८६ जना बालबालिका प्रयोग भएको पाईएको हो ।

बालबालिका शान्ति क्षेत्र अभियानका अध्यक्ष तिलोत्तम पौडेलले सो प्रतिवेदनबारे जानकारी दिँदै यस निर्वाचनमा ५५ वटा घटना बालबालिकाले पार्टीको झण्डा बोक्ने, र चुनाव चिन्ह बोकेर प्रचारमा हिँडेको, ४८ वटा घटनामा बालबालिका र्याली र भेलामा सहभागी भएको पाईएको बताए। 

त्यसैगरी ३९ वटा घटना नारा लाउँदै गरेका, ३२ वटा घटनामा पार्टीको प्रचारात्मक भिडियोमा अभिनय गरिरहेको पाईएको लगायत देशभर दुई सय ८६ घटनामा बालबालिका प्रयोग भएको पाईएको बताए। उनले निर्वाचनमा झडप हुने, हुलदङ्गा हुनेलगायतका विभिन्न्न घटनामा बालबालिकाको ज्यान जोखिममा पर्ने, पढ्ने खेल्ने, सुरक्षित वातावरणमा रमाउने उमेरका बालबालिकालाई पार्टीले निर्वाचन प्रचार,भेला, विजय जुलुसमा सहभागी गराउनु भनेको बालअधिकार हनन हुने क्रियाकलाप हुन् भन्दै यसको विरोध गर्दै आगामी निर्वाचनमा यस्ता गतिविधी पुरै वन्द हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेलले आगामी दिनमा विद्यालयलाई निर्वाचन केन्द्र बनाउने सन्दर्भमा विकल्प खोज्नुपर्ने बताएको थिए । उनले विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन् र बालबालिका राष्ट्रिय गौरव हुन् । बालबालिकालाई बालमैत्री शासन प्रवद्र्धन गर्न बालअधिकारको संरक्षण गर्न बालविवाह अन्त्य गर्न बाल बजेट लागु गर्न बाल संरक्षण प्रणालीलाई कार्यान्वयन गर्न नवनिर्वाचित संसदले आवश्यक पहलकदमी गर्नुपर्ने बताएका थिए । 

प्रतिवेदन अनुसार उक्त घटना प्रदेशगत अध्ययन गर्दा कोशी प्रदेशमा ६५ वटा, बागमती प्रदेशमा ५७ वटा, मधेश प्रदेशमा ४४ वटा,लुम्बिनीमा २५ वटा, सामाजिक सञ्जाललगायतमा ६६ वटा, कर्णाली प्रदेशमा १० वटा र सुदुरपश्चिम प्रदेशमा ८ वटा घटनामा बालअधिकार सम्बन्धी निर्वाचन आचार संहिता उल्लङ्घनका घटना भएका छन् ।  

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बाल संरक्षण तथा विकास शाखा प्रमुख दुर्गा प्रसाद चालिसेले बालअधिकार संरक्षणको दृष्टिले निर्वाचन जस्तो जोखिमको सम्भावनायुक्त क्रियाकलापमा बालबालिकाको दुरुपयोग हुन नदिन सधैँ चनाखो हुँदै त्यस्ता क्रियाकलापको विरोध निरन्तर गर्नुपर्ने बताए। सामुदायिक रेडियो प्रसारक सङ्घका निर्देशक शिरोमणी दुढङ्गानाले सङ्घमा तीन सय ८० वटा रेडियो, एफएम आवद्ध रहेको र हरेक दिन २८ लाख भन्दा बढि स्रोता समक्ष समाचार पुर्याईरहेको जानकारी दिए।

उनले बालअधिकार सम्बन्धी निर्वाचन आचारसंहिता उल्लङ्घन विरुद्धको अभियानमा सङ्घले सहकार्य गर्ने अवसरले बालअधिकार संरक्षणमा सामुदायिक रेडियो प्रसारक सङ्घले सहयोग पुर्याउन पाएको बताए। 

सो प्रतिवेदन तयार गर्न बालबालिका शान्ति क्षेत्र अभियानका ५० जिल्लाका १०७ सदस्य संस्था,सातवटै प्रदेश समिति, सामुदायिक रेडियो प्रसारक सङ्घ, कन्सोर्टियम, इन्सेक, सेभ द चिल्ड्रेन र बालबालिका सम्बन्धी सङ्घ संस्थाको सहकार्य रहेको अभियानले जनाएको छ । 

अभियानले राजनीतिक दल, सुरक्षा निकाय, निर्वाचन आयोग, नागरिक समाज तथा निर्वाचन पर्यवेक्षक, परिवार र समुदायलाई समेत बालबालिकाको सुरक्षा र बालअधिकार संरक्षणको सन्दर्भमा सिफारिस गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सम्पन्न, नतिजा केहीबेरमा आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...

भेनेजुएलामा शक्तिशाली भूकम्प, कम्तीमा ३२ जनाको मृत्यु

काठमाडौं । भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। खोज तथ...

कैलालीमा ग्रिनेड विस्फोट हुँदा घाइते भएका एक नेपाली सेनाको मृत्यु, सहसेनानी घाइते

धनगढी । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। मोहन्याल गाउँ...

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको ...

विशेष कारण देखाउँदै राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको आज दिउँसो १:१५ बजे बस्ने तय भएको बैठक अन्तिम समयमा सूचना प्रकाशित गरी स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले जारी गरेको ...

कैलालीमा तालिमका क्रममा ग्रिनेड विस्फोट, दुई सैनिक जवान गम्भीर घाइते

कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक जवान गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending