Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

मदन भण्डारी फाउण्डेशन र स्पोर्टस एकेडेमी गठन

चितवन । मदन भण्डारी फाउण्डेशन चितवनले आफ्नो मातहतका पालिकामा संस्था विस्तारलाई तीव्रता दिएको छ । रत्ननगर नगरपालिकामा फाउण्डेशन र मदन भण्डारी स्पोर्टस् एकेडेमी गठन गरिएको हो ।

दुवै कमिटीले रत्ननगरमा आयोजना गरेको प्रथम विस्तारित बैठकमा १०१ सदस्यीय फाउण्डेशन र ५१ सदस्यीय एकेडेमी घोषणा गरिएको छ । फाउण्डेशन नगर समितिको अध्यक्षमा चन्द्रकान्त न्यौपाने, वरिष्ठ उपाध्यक्षमा सीताराम पोखरेल, उपाध्यक्षमा राजेन्द्र न्यौपाने, सूर्य तामाङ, रश्मि बर्तौला, कृष्ण श्रेष्ठ र रामप्रसाद लम्साल रहेका छन्। सचिवमा इन्द्र भण्डारी, सहसचिवमा लेखनाथ आचार्य र कोषाध्यक्षमा गोकुल पराजुली चयन भएका छन् ।

एकेडेमीको अध्यक्षमा अजित चौरेल, उपाध्यक्षमा ध्रुव बर्तौला, लक्ष्मण परियार, केदार न्यौपाने र विष्णु सापकोटा रहनुभएको छ । समितिको सचिवमा प्रसङ्ग कायस्थ, सहसचिवमा मिलन अधिकारी र कोषाध्यक्षमा रोशनी लिम्बू चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य कृष्णकुमार राईले फाउण्डेशन कुनै दल हो जस्तो गरी हेरिनु नहुने बताए। फाउण्डेशन निर्वाचन लड्न जाने दल नभएको उनको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का केन्द्रीय सदस्य काशीनाथ अधिकारीले जननेता मदन भण्डारीको विचारले नै नेपालमा परिवर्तन ल्याएको बताए ।

उनले विश्वमा कम्प्युनिट सङ्कटमा रहेको बेला नेपाली कम्युनिष्टलाई लोकप्रिय बनाउने काम जनतको बहुदलीय जनवादले नै गरेको बताए । वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदी, फाउण्डेशनका जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराई, नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष राम न्यौपानेले, यादव पाठकलगायतले बोलेका थिए।

यस अघि फाउण्डेशनले राप्ती, खैरहनी र कालिका नगरस्तरीय समिति बनाइसकेको छ । छिट्टै भरतपुर महानगरपालिका, माडी नगरपालिका र ईच्छाकामना गाउँपालिकामा पनि विस्तार गरिने फाउण्डेशन चितवनका सहसचिव तिलक रिमालले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending