सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला कार्यान्वयन गर्न पुगेको कर्मचारी तथा प्रहरी टोलीमाथि आक्रमण भएको घटनालाई लिएर प्रहरीले वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको हो । सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले वडाध्यक्ष गुप्ताविरुद्ध उजुरी परेकाले सोमबार बेलुका नियन्त्रणमा लिइएको पुष्टि गरे।
वडाध्यक्ष गुप्तालाई सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ । प्रहरीले गुप्तासहित जनता समाजवादी पार्टी नेपाल गोडैता नगरपालिका–५ का वडा समिति अध्यक्ष सुरेन्द्र यादवलाई समेत नियन्त्रणमा लिएको छ ।
गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले वडाध्यक्ष गुप्ता निर्दोष रहेको दाबी गरेको छन् । अदालतका कर्मचारीमाथि हातपात हुँदा वडाध्यक्ष गुप्ता भारतमा रहेको भए पनि प्रहरीले दु:ख दिने नियतले पक्राउ गरेको नगरप्रमुख यादवको आरोप छ ।
अदालतका कर्मचारीमाथि वडाध्यक्षको समूहले नभई गाउँका केही महिलाले हातपात गरेको मेयर यादवको भनाइ छ । प्रहरीले भने वडाध्यक्ष गुप्तासहितका व्यक्तिमाथि उजुरी परेकाले पक्राउ गरिएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १५:२६
राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...
श्रावण ३ गते, २०८३ - १५:०३
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बत...
श्रावण ३ गते, २०८३ - १४:४०
काठमाडौं । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर संस्करणमा अस्थायी प्राविधिक समस्या देखिएको छ। समस्या आएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक ख...
श्रावण ३ गते, २०८३ - १३:४१
जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक...
श्रावण ३ गते, २०८३ - १२:४३
खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...
श्रावण ३ गते, २०८३ - १२:१४
काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...
श्रावण ३ गते, २०८३ - १०:२१
चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायण...
श्रावण ३ गते, २०८३ - १०:०७
भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...
श्रावण २ गते, २०८३ - १६:५३
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...
श्रावण २ गते, २०८३ - १६:४८
काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...



प्रतिकृया लेख्नुहोस्: